• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

वीर हामी नेपाली


  •   शनिबार, साउन १७, २०७७ मा प्रकाशित
  • जगत प्रसाद रेग्मी

    Advertisement

    हामी नेपाली झुक्न जानेनौँ
    न त हामी कसैको गुलाम हुन नै जान्यौँ
    बैरी आउँदा भागेनौँ, बरु सामना गर्न तयार भयौँ
    साम्राज्य स्वीकार भएन, बरु बलिदान दियौँ
    हाम्रो पुर्खा बहादुर त्यसै भएको होइन
    नत्र त बाङ्गा–बलिया सबै बहादुर हुन्थे
    त्यो हामी नेपालीको शान, अनि स्वाभिमान हो
    झुट, लुट, घमण्ड इष्र्या, अनि व्यभिचार जानेनौँ
    सिधा वफादार, अनि कर्तव्यबोध अकाट्य चरित्र
    साहस त हाम्रो पहिचान हो ।

    मर्न सक्छौ तर कायरता स्वीकार छैन
    त्यसैले त हामी मानवजातिसामु
    वीर बहादुर नेपाली भएका छौँ
    बहादुरितालाई कायरतामा बदल्न खोजिँदै छ
    सानु ठुलो त र म भन्ने सिकाइँदै छ
    जात, जातिवाद र क्षेत्रीयता
    हाम्रो पहिचान भनेर बहादुरिपन नाश हुँदै छ
    कसैको स्वार्थमा हामी विभक्त हुँदै छौँ
    हाम्रो स्वभिमान गुम्दै छ
    पराइको रणमैदान बनाउन
    पैसामा हाम्रो स्वाभिमान किन्न खोज्दै छन् ।

    खबरदार !
    नेपालीको तातो रगत जीवितै छ
    अमरसिंह, बलभद्र, कालु पाण्डेका सन्तान
    विदेशीको गन्ध मन पर्दैन रत्तिभर
    उम्लिन्छ बाफ आउने गरी रगतको तरङ्ग
    मेरो छेउकुना तलमाथि चारैतिर कतै पनि
    कोतर्न खोज्ने त्यो खुनी साम्राज्य
    अब चल्दैन, झुक्दैन हाम्रो शिर तेरोसामु
    अब उठ्न थाल्यो पूर्वको मानेभञ्ज्याङ
    पश्चिमको लिम्पियाधुरा
    गाउँगाउँबाट जुर्मुराउन थाले
    देशका लागि बली दिन ।

    सप्तरीका यादव हुन् या कञ्चनपुरका गौतम
    राष्ट्र छ र त हामी छौँ
    वीर छौँ, अनि नेपाली छौँ
    अब उठ्नुपर्छ जुट्नुपर्छ
    जन्म दिने आमा र जन्मेको भूमि
    बचाउनु छ साम्राज्यवादसँग
    फिर्ता लिनु छ मेरो भूमि
    जस्तोसुकै आहुति दिनुपरे पनि
    एक पाइला अनि एक चिम्टी माटो
    न हाम्रो दिन्छौं, न त कसैको लिन्छौँ ।

    वीर नेपाली झुक्न, अनि लाचार हुन
    कसैको शरणमा बस्न कहिल्र्य पनि जानेनौँ
    त्यसैले त विश्वमा वीर छौं
    वीरता छ, स्वाभिमान छ
    त्यसैले त विश्वमा वीर छौँ
    वीरता छ, स्वाभिमान छ ।

    कसैले धर्तीसँग सौदा गर्छ भने
    नाइके बन्न सम्झौता गर्छ भने
    कलो खाई ज्यान बनाउन सोच्छ भने
    सत्ताभन्दा देश ठुलो कसैले मान्दैन भने
    चाहे त्यो बिप्पा होस या एमसिसी
    राष्ट्रघाती देशभक्त हुनै सक्दैन
    जति नाटक खेले पनि
    भ्रम त केही दिन
    र, केहीलाई दिन सकौँला
    देशभक्त झुक्दैनन्, न त लम्पसार नै हुन्छन्
    त्यसैले वीर नेपाली हामी
    विदेशीको हस्तक्षेप स्वीकार छैन
    गुलामी, उपनिवेश हामीले जानेनौँ
    रैती बनाउन कोही आउँछ भने
    कुर्सी थाम्न मातृभूमि दाउमा राख्न खोज्छ भने
    हामी करोडौँ नेपाली ज्वारभाटा बनेर उठ्ने छौं
    दुश्मनलाई खरानी बनाउने छौं अग्निज्वाला बनेर
    विदेशी प्रभुसामु कहिल्यै झुक्ने छैनौँ
    बारुद बनेर पड्कने छौ वीर हामी
    वीर हामी नेपाली ।

    शनिबार, साउन १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.