• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

महीको बिक्रीबाट आम्दानी बटुल्दै सन्तोष


  •   सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
  • जानकी (बाँके) । कोहलपुर नगरपालिका–१० का सन्तोष पौडेल हाले ‘ठेकी स्वादको मही’ लाई व्यावसायिक रूपमा ‘ब्रान्डिङ’ गरी स्थानीय बजारमा बिक्री गर्दै आएका छन् ।

    Advertisement

    परम्परागत स्वाद हराउँदै गएको समयमा कोहलपुरका पौडेलले पुरानै शैलीलाई आधुनिक बजारसँग जोड्ने प्रयास गरिरहनुभएको छ ।

    उहाँको यो प्रयासले स्थानीय उत्पादनलाई मात्र होइन, नेपाली मौलिक खानपान संस्कृतिलाई नयाँ पुस्तासम्म जोगाइराख्ने विश्वास गरिएको छ ।

    सन्तोषले हाल मदानीले दही मथेर पुरानो शैलीमा मही बनाउने गरेका छन् । काठको ठेकीमा दहीलाई मथेर पारेको महीको स्वादले पारखीहरु पल्कन थालेपछि उनको महीको व्यापार बढेको छ । त्यसैले उहाँले सञ्चालन गर्दै आउनुभएको ‘ए–वान डेरी उद्योग’ अहिले कोहलपुर क्षेत्रमा ठेकी महीका लागि परिचित बन्दै गएको छ ।

    विगत एक दशकदेखि दुग्धजन्य पदार्थको व्यवसायमा सक्रिय पौडेलले सुरुमा सामान्य डेरी व्यवसायबाट यात्रा थाले पनि पछिल्ला वर्षमा मही उत्पादनमा विशेष ध्यान दिनुभएको छ ।

    उहाँका अनुसार बजारमा मेसिनबाट तयार हुने मही सजिलै पाइए पनि आगोमा पकाइएको दूध र ठेकीमा मथिएको महीको स्वाद फरक हुने भएकाले उपभोक्ताले यसलाई रुचाउन थालेका छन् ।

    उहाँको उद्योगमा अहिले दैनिक ४०० लिटर ठेकीबाट बनाइएको मही उत्पादन हुन्छ । यसबाहेक करिब डेढ सय लिटर खुला मही पनि बिक्री हुँदै आएको छ । पाँच सय मिली लिटरको बोतलमा ‘प्याक’ गरिएको मही स्थानीय बजारमा पुग्ने गरेको छ भने खुला मही उद्योगबाटै बिक्री हुन्छ ।

    ठेकी मही बनाउने प्रक्रिया लामो छ । दाउराको चुलोमा मनतातो गरी दूध तताइन्छ । त्यसपछि मेसिनबाट क्रिम अलग गरिन्छ । पुनः सोही दूधलाई चुलोमा उमालिन्छ र आवश्यक तापक्रममा चिस्याएपछि दहीको जोडन हालेर निश्चित समय हिटिङ रुममा राखिन्छ । दही जमिसकेपछि आवश्यक मात्रामा ठेकीमा राखेर मदानीले मथिन्छ । यही प्रक्रियापछि तयार हुने महीमा आगोको स्वाद र काठको प्राकृतिक गन्ध मिसिने भएकाले यसको स्वाद फरक हुने पौडेलले बताउनुभयो ।

    उहाँका अनुसार उपभोक्ता स्वादसँगै स्वास्थ्यप्रति सचेत बन्दै गएका छन् । महीले पाचन प्रणाली सुधार गर्ने, शरीरलाई चिस्यान दिने, एसिडिटी कम गर्ने, थकान हटाउने, क्याल्सियम उपलब्ध गराउने तथा रक्तचाप नियन्त्रणमा सहयोग पु¥याउने विश्वासले पनि यसको माग बढिरहेको उहाँ बताउनुहुन्छ ।

    “राजनीतिमा सेवा भावले लागेँ । तर, जीवन धान्न नसकेपछि अहिले व्यवसायमै बढी समय दिइरहेको छु,” पौडेलले भन्नुभयो ।

    पौडेलको व्यवसायमा परिवारका सदस्यसहित अन्य चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उद्योग सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकार तथा कोहलपुर नगरपालिकाबाट केही मेसिनरी सामग्री उहाँले प्राप्त गर्नुभएको छ ।

    नगरपालिकाले उपलब्ध गराएको ५० प्रतिशत अनुदानमा ऊ अटोमार्फत मही बजारसम्म पु¥याउन पौडेललाई सजिलो भएको छ ।

    स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्य बोकेका पौडेलले स्वच्छ पिउने पानी उत्पादनका लागि आवश्यक फिल्टर प्रणालीमा अनुदान वा सहुलियत उपलब्ध भए उत्पादन विस्तार र ब्रान्डिङ अझ प्रभावकारी बन्ने बताउनुभयो ।

    सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.