• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै बागलुङ तमानखोलाका महिला


  •   आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
  • गलकोट (बागलुङ) । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न भ्याइनभ्याइ छ । तमानखोला गाउँपालिका-३ मा रहेको महिला कल्याण आमा समूहको भवनमा बिहानैदेखि ढाकाको अस्कोट बुन्दै गर्नुभएकी घर्तीले आफू जस्तै १५ जना महिलाले हरेक दिन ढाकाका विभिन्न कपडा बुन्दै आएका बताउनुभयो ।

    Advertisement

    ढाका उद्योगमार्फत महिलालाई आत्मनिर्भर बनाउने पहलअन्तर्गत तमानखोलाले महिलालाई ढाका उद्यमी बनाउनेदेखि उत्पादन खरिद गर्नेसम्मका काममा सघाउँदै आएको छ । ढाकाका सल, टोपी, गलबन्दी र अस्कोट बुन्ने र बिक्रीमार्फत यहाँका महिला आत्मनिर्भर बन्दै आएका छन् ।

    महिलाले उत्पादन गरेका कपडा तमानखोला गाउँपालिकाको कार्यालयले खरिद गरी बिक्रीमा सहजीकरण गरिरहेको घर्तीले बताउनुभयो । करिब सात वर्ष पहिले म्याग्दीबाट आएका प्रशिक्षकमार्फत गाउँमा ढाकाका कपडा उत्पादन गर्ने सीप सिकेका महिलालाई समूहमा आबद्ध गराएर थप व्यावसायिक बनाउन गाउँपालिकाले लगानी गरेको हो ।

    महिलालाई व्यावसायिक, स्वरोजगार र उद्यमी बनाउन पालिकाले सात वर्ष पहिलेदेखि सीप सिकाउने, तान प्रदान गर्ने, समूहको भवन निर्माण गरिदिने, उत्पादित खरिद गरी बिक्रीमा सहजीकरण गर्नेलगायत काम गर्दै आएको छ ।

    “पालिकाले विभिन्न कार्यक्रम आयोजना गरिरहेको हुन्छ । ती कार्यक्रममा मायाको चिनो स्वरुप महिलाले उत्पादन गर्दै आएका सल, गलबन्दी प्रयोग गर्दै आएका छौँ । ज्येष्ठ नागरिक सम्मान जस्ता कार्यक्रममा टोपी, गलबन्दी र अस्कोट प्रयोग गर्दै महिलाका उत्पादनको बजारीकरण गरिरहेका छौँ”, गाउँपालिकाका उपाध्यक्ष हिराकुमारी छन्त्यालले भन्नुभयो ।

    गाउँपालिकाले सात वर्ष पहिले महिलाका लागि सीपमूलक तालिम दिनुका साथै आवश्यक सामाग्री उपलब्धध गराउनुका साथै भवन बनाउन पनि सहयोग गरेको छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म सामग्री, भवन, प्रशिक्षणलगायत गतिविधिका लागि पालिकाले रु २५ लाख लगानी गरिसकेको छ । यहाँका महिलाले ढाकाका कपडा बुनेर मासिक रु ५० हजारसम्म आम्दानी गर्दै आएका उपाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

    सुरुवातका दिनमा आफूले उत्पादन गरेका सामग्री बिक्री नभएर सास्ती भएपनि पछिल्लो समय पालिकाले खरिद गरिदिन थालेपछि महिला उत्साहित भएका घर्तीले बताउनुभयो । महिला कल्याण आमा समूहको कोषाध्यक्षसमेत रहनुभएकी उहाँले पालिकाको साथ र सहयोगले तमानगाउँका महिलालाई उद्यमी बनाउनुका साथै आत्मनिर्भर बनाउँदै लगेको धारणा राख्नुभयो ।

    आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.