काठमाडौं । तनहुँको भानु नगरपालिका–८ घर भइ हाल काठमाडौंको बालाजु बस्ने ३८ वर्षीय सविनराज मिश्र साइबर अपराध मुद्दामा केही दिन अघि अदालतबाट एक लाख रुपैयाँ धरौटीमा छुटे ।
Advertisement
गत मंसिर २४ गते काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका मिश्रले फेरि उस्तै हर्कत दोहोर्याएपछि प्रहरीको फेला परेका छन् । मिश्रले तनहुँकै एक १३ वर्षीया किशोरीको फोटो प्रयोग गरी फेक फेसबुक आईडी बनाएर अश्लील हर्कत गर्न थालेपछि प्रहरीले पुनः पक्राउ गरेको हो ।
उनले ती किशोरीको फोटो प्रयोग गरे फेसबुक आईडी बनाएर किशोरीकी दिदी तथा आफन्तलाई अश्लील फोटो पठाउने गरेको प्रहरीको साईबर ब्यूरोले जनाएको छ । पक्राउ परेका मिश्रलाई ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।