खिमराज चालिसे
लुधियाना, २५ मे । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव त्रिभुवन भट्टराईले साम्राज्यवादविरुद्ध सम्झौताहीन संघर्ष गर्न आह्वान गरेका छन् । भारतको पंजाब राज्यस्थित लुधियाना फोकल प्वाइन्टमा आइतबार, २४ मे २०२६ मा सम्पन्न मूल प्रवाहअन्तर्गत विभिन्न विभागहरूको संयुक्त भेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उद्घाटन मन्तव्यका क्रममा महासचिव भट्टराईले साम्राज्यवादी शक्तिविरुद्धको संघर्षमा प्रवासमा रहेका मूल प्रवाह तथा त्यसअन्तर्गतका सबै विभागहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे । वर्तमान व्यवस्थाको अन्त्य नभएसम्म श्रमजीवी वर्गको वास्तविक उत्थान सम्भव नहुने उल्लेख गर्दै उनले सांस्कृतिक विभागले समाजको सांस्कृतिक रूपान्तरणमा विशेष जोड दिनुपर्ने बताए ।
भेलाले समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया गर्दै विभिन्न विभागहरूको पुनर्गठन गरेको छ ।
भेलाबाट मिना दलामीको संयोजकत्वमा १५ सदस्यीय महिला नगर विभाग गठन गरिएको छ । विभागका सदस्यहरूमा सुनिता श्रेष्ठ, यमकला, बसन्ती भापा, बिमला अधिकारी, शोभा वर्मा, नुमा छेत्री, सन्जु रेग्मी, अस्मिता थापा, गीता सुनार, प्रिमा गिरी, सन्तु सुनार, कमला परियार र गीता भापा रहेका छन् ।

त्यसैगरी, अनुपा गिरीको अध्यक्षतामा १५ सदस्यीय विद्यार्थी नगर समिति गठन गरिएको छ। समितिको सचिवमा विषाखा क्षेत्री र कोषाध्यक्षमा समीर वर्मा चयन भएका छन्। सदस्यहरूमा अंजन वर्मा, अम्बिका क्षेत्री, उमा क्षेत्री, रेखा क्षेत्री, सुशीला क्षेत्री, राधिका क्षेत्री, कुशल वर्मा, सम्झना बिक, अञ्जली परियार तथा सन्तु सुनार रहेका छन् ।
भेलाले अर्जुन कार्कीको संयोजकत्वमा नौ सदस्यीय सांस्कृतिक विभाग पनि गठन गरेको छ। विभागका सदस्यहरूमा हिक्मत परियार, गोविन्द परियार, बसन्ती भापा, नारायण पोखरेल, कैलाश खड्का, विषाखा क्षेत्री, करण भट्टराई र चेतमान रोका रहेका छन् ।
यसैगरी, सांस्कृतिक टिममा विषाखा क्षेत्री, रेखा क्षेत्री, अंजन वर्मा, उमा क्षेत्री, अनुप गिरी, राधिका क्षेत्री, सुशान्त वर्मा, गोनिषा परियार, अम्बिका क्षेत्री, सम्झना बिक, अञ्जली परियार, सन्तु सुनार र सुशिल वर्मा रहेका छन्।

भेलालाई मूल प्रवाहका केन्द्रीय सल्लाहकार राजकुमार साही, केन्द्रीय परिषद् सदस्य उदय सिंह चन्द, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य बिनीराम पुरी, महिला क्षेत्रीय सदस्यहरू बिमला अधिकारी, दीपा चन्द र बसन्ती भापा तथा सांस्कृतिक विभागका क्षेत्रीय सदस्य गोविन्द परियार र नारायण पोखरेल रहेका थिए ।
कार्यक्रम हरि केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन अर्जुन कार्कीले गरेका थिए। स्वागत मन्तव्य चेतमान रोकाले राखेका थिए।