काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यका बाहिरबाट भित्रिने यात्रुहरुको आवागमनमा कडाइ गर्ने भएको छ । काठमाडौं उपत्यका प्रवेश नाकामा कोभिड–१९ सम्बन्धी चेकजाँच गर्दा ठुलो संख्यामा यात्रुहरुमा कोरोना पोजिटिभ पाइएकोले नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको व्यवस्था गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
Advertisement
अर्को आदेश नभएसम्म बिहीबार रातिदेखि लागू हुने गरी पत्येक दिन साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।
यस्तै, काठमाडौं उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काम बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिना पास अन्तर जिल्ला आवागमन पूर्ण रुपमा बन्द गर्न गृहले सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।