गोविन्दकुमार शर्मा, काठमाडौँ ।
Advertisement
बुढानीलकण्ठ नगर अस्पताल, वडा नं. १०, कपनमा आज नि:शुल्क आँखा शिविर सञ्चालन भइरहेको छ ।
तिलगङ्गा नेत्र प्रतिष्ठानको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा सयौँ स्थानीय बासिन्दाहरू आँखा जाँच गराउन उपस्थित भएका छन् ।
शिविरमा आँखा तथा चश्मा जाँच, रेटिना परीक्षण, औषधि वितरण र मोतिबिन्दु छनोट जस्ता सेवाहरू प्रदान गरिँदै छ ।

अस्पताल परिसरमा बिहानैदेखि स्थानीय बुढापाकाहरूसहित विभिन्न उमेरका नागरिकहरूको लामो लाइन लागेको छ । शिविर बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ । शुगर र प्रेसरका बिरामीहरूलाई अनिवार्य रूपमा आँखा जाँच गराउन आग्रह गरिएको छ । थप उपचार आवश्यक पर्ने बिरामीलाई तिलगङ्गा नेत्र प्रतिष्ठानमा सहजीकरण गरिने जनाइएको छ ।


