• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच सम्झौता : AI र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम


  •   शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेपालको शैक्षिक क्षेत्र र सूचना प्रविधि उद्योगबीचको दुरी कम गर्ने उद्देश्यका साथ टेकपाइला इनोभेसन प्रा. लि. र कान्तिपुर सिटी कलेज (KCC) बीच एक महत्वपूर्ण समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ। यस साझेदारीले विद्यार्थीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (AI) र साइबर सुरक्षा (Cybersecurity) जस्ता आधुनिक प्रविधिहरूमा दक्ष बनाई उनीहरूको वृत्तिविकासमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

    Advertisement

    बिहीबार पुतलीसडकस्थित कलेजको प्राङ्गणमा आयोजित एक कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर चिरञ्जीबी अधिकारी र कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कट्टेलले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो।

    डिजिटल भविष्यका लागि विद्यार्थीहरूको सशक्तिकरण

    यो सहकार्यले उच्च–स्तरीय प्राविधिक तालिम र व्यावसायिक विकासका लागि एउटा मजबुत खाका तयार गरेको छ। विश्वव्यापी बजारमा एआई र साइबर सुरक्षा विज्ञहरूको माग बढिरहेको सन्दर्भमा, यो साझेदारीले नेपाली विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी उद्योगका लागि तयार (Industry–ready) बनाउने विश्वास लिइएको छ।

    साझेदारीका मुख्य बुँदाहरूः

    विशेषज्ञ तालिम र बुटक्याम्पः टेकपाइलाले एआई र साइबर सुरक्षामा केन्द्रित रहेर केसीसीका विद्यार्थी र प्राध्यापकहरूका लागि विशेष प्राविधिक कार्यशाला र सेमिनारहरू सञ्चालन गर्नेछ।

    इन्टर्नसिप र रोजगारीको अवसरः योग्य विद्यार्थीहरूले टेकपाइलामा प्रत्यक्ष काम गर्ने अनुभव (Internship) प्राप्त गर्नुका साथै संस्थाको नेटवर्कभित्र रहेका विभिन्न उद्योगहरूमा रोजगारीको अवसर समेत पाउनेछन् ।

    पाठ्यक्रम परिमार्जनः

    दुवै संस्थाले मिलेर कलेजको पाठ्यक्रमलाई वर्तमान समयको माग र विश्वव्यापी प्रविधि मापदण्ड अनुसार परिमार्जन गर्न सहयोग गर्नेछन्।

    अनुसन्धान र नवप्रवर्तनः विद्यार्थीहरूमा रचनात्मक सोचको विकास गर्न संयुक्त रूपमा ’ह्याकाथन’, ’आइडिया फेस्ट’ र उद्योग–शिक्षा संवादहरू आयोजना गरिनेछ।

    उद्योग र शिक्षा क्षेत्रबीचको सहकार्यमा जोड

    सम्झौता कार्यक्रममा बोल्दै चिरञ्जीबी अधिकारीले प्रविधिको क्षेत्रमा प्रयोगात्मक अभ्यासको महत्वमा जोड दिनुभयो।

    “यो साझेदारी स्थानीय प्रविधि इकोसिस्टमका लागि एक महत्वपूर्ण कोशेढुङ्गा हो। हाम्रो मुख्य उद्देश्य पाठ्यक्रमलाई आधुनिक बनाउनु र विद्यार्थीहरूलाई वास्तविक समस्या समाधान गर्न आवश्यक पर्ने मेन्टरसिप र उपकरणहरू प्रदान गर्नु हो। उद्योगको अनुभवलाई सिधै कक्षाकोठासम्म पुर्‍याउँदा नेपालमा दक्ष जनशक्ति निर्माणमा ठूलो मद्दत पुग्नेछ।”

    त्यस्तै, कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कट्टेलले कलेज उत्कृष्ट स्रोत र साधन उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो।

    “केसीसी सधैं सूचना प्रविधि शिक्षामा अग्रणी रहेको छ। टेकपाइला इनोभेसनसँगको यो सहकार्यले हाम्रा विद्यार्थीहरूलाई विशेष प्रयोगशाला, विज्ञहरूको मार्गदर्शन र उद्योगले मान्यता दिएका प्रमाणपत्रहरू प्राप्त गर्न मद्दत गर्नेछ, जसले उनीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनेछ ।”

    सुरक्षित र बौद्धिक नेपालको निर्माण

    यस सम्झौताले सुरक्षा अडिट र सामाजिक प्रभावका लागि एआईमा आधारित समाधानहरू विकास गर्न समेत सहयोग गर्ने उल्लेख गरेको छ। टेकपाइलाको प्राविधिक विशेषज्ञता र केसीसीको प्राज्ञिक प्रतिभालाई एकीकृत गर्दै नेपालको ’डिजिटल नेपाल’ को लक्ष्य प्राप्त गर्न यो साझेदारीले टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

    यो सम्झौता सुरुमा दुई वर्षका लागि गरिएको छ र भविष्यमा यसलाई थप विस्तार गर्दै लैजाने दुवै पक्षको प्रतिबद्धता रहेको छ।

    टेकपाइला इनोभेसनको बारेमाः

    डिल्लीबजारमा कार्यालय रहेको टेकपाइला इनोभेसन साइबर सुरक्षा सेवा, एआई अनुसन्धान र प्राविधिक क्षमता अभिवृद्धिमा सक्रिय एक अग्रणी संस्था हो।

    कान्तिपुर सिटी कलेज (प्ऋऋ) को बारेमाः

    पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (KCC) सूचना प्रविधि, इन्जिनियरिङ र व्यवस्थापन शिक्षामा ख्यातिप्राप्त शैक्षिक संस्था हो।

    शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.