• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नाष्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’


  •   बुधबार, साउन १४, २०७७ मा प्रकाशित
  • ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) ले मुलुकमा पहिलो पटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब संकलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारीको संक्रमणले बिरामीबाट चिकित्सकलाई सजिलै जोगाउन नाष्टले उक्त प्रविधि निर्माण गरेको हो ।

    Advertisement

    ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवत्र्तन’ भन्ने मूल नारालाई अघि सार्दै नाष्टले नेपाली सेनाको सहयोगमा प्राप्त टोयटा गाडीमा आवश्यक प्रविधि जडान गरी स्वाब सङ्कलन गर्ने व्यवस्था गरेको वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘कोरोना प्रभावित व्यक्ति र चिकित्सकबीच स्वाब संकलन गर्दा बढ्ने सक्ने खतरालाई अन्त्य गर्न यस प्रविधिले निकै सहयोग गर्नेछ, यस भेहिकलमा पिपिई ग्लोब्स, पोजिटिभ पे्रसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यक वस्तु जडान गरिएको छ ।’ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) छाउनीको संयोजनमा एउटा भेहिकल निर्माण सम्पन्न गरिसकिएको डा ढकालले जानकारी दिनुभयो ।

    सो भेहिकल नाष्ट कार्यालयमा पाँचछ दिन लगाएर करीब २५ जना विभिन्न विधाका मानिस जुटेर बनाएका हुन् । सिंहदरबारभित्र पहिलो चरणमा यस प्रविधिको प्रयोग गरी स्वाब संकलन गरिने भएको छ । सो भेहिकल चिकित्सकले खुट्टाले स्विच अन गर्दा पिपिई ग्लोब्स र चालकले हातले स्विच अन गर्दा पूरै भेहिकल संक्रमणमुक्त गर्न सकिने बनाइएको डा ढकालले बताउनुभयो ।

    भेहिकलबाट संकलित स्वाब भने त्यसभित्र रहेको आइस बक्समा राखिनेछ । बक्समा राखिएको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइन्छ । नाष्टले मुलुकका हरेक प्रदेशमा यस्तो भेहिकल निर्माण गर्ने योजना बनाइसकेको डा ढकालले बताउनुभयो । नाष्टका केही प्रतिनिधिले सिसिएमसीलाई विभिन्न मन्त्रालयका सचिव, नेपाल पुलिस र नेपाली सेनासमक्ष मङ्गलबार सो भेहिकल हस्तान्तरण गरेको बताइएको छ ।

    कोरोना महामारी नियन्त्रणमा सो भेहिकल उपयोगी बन्दै गए अन्य पनि बनाउन सकिने प्रविधि सङ्काय प्रमुख डा रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसका अलवा हामीले केही समयअघि ‘समृद्धिका लागि नवप्रवत्र्तन’ र ‘कोभिड-१९ प्रतिरोधात्मक प्रविधि विकास’ गर्न गत आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत करीब रु दुई करोड २० लाखको अनुदान सहयोग गरेका छौँ ।’

    नवप्रवत्र्तन शीर्षकमा १३ र कोभिड प्रविधि विकासमा २० गरी कूल ३३ जनालाई वृत्तिविकास गर्न अनुदान प्रदान गरिएको डा ढकालले जानकारी दिनुभयो । नयाँ तवरको सोचलाई उत्पादनमा रुपान्तरण र नवप्रवत्र्तनलाई संरक्षण तथा उद्योगसँग जोड्न नाष्टले पहिलो पटक सरकारीस्तरबाट यी दुई शीर्षकमा अनुदान रकम सहयोग गरी मुलुकमा नयाँनयाँ प्रविधि विकास गर्ने प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताउनुभयो ।

    यसअघि गत वर्ष वैशाख ४ गते नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) प्रक्षेपण गरिएको थियो । नाष्टका वैज्ञानिकले जापानमा बनाएको सो स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेशन एजेन्सी ‘ज्याक्सा) को सहयोगमा प्रक्षेपण गरिएको थियो ।(रासस)

    बुधबार, साउन १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.