• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

सीताको अग्निपरीक्षा


  •   बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
  • कल्पना पौडेल ‘जिज्ञासु’

    Advertisement

    के तपाईंले कहिल्यै सोच्नुभएको छ,
    एउटी स्त्रीलाई न्याय चाहिन्छ कि प्रमाण ?
    के उसको आत्माको जलन
    कुनै अग्निकुण्डले समन गर्न सक्छ ?

    यो कथा पौराणिक कथा मात्र होइन,
    पृथ्वीकी छोरीहरूको
    वर्तमान कथा हो

    सीता,
    मिथक मात्रै होइनन्
    उनी त्यो आवाज हुन्
    जसले युगौँदेखि सोधिरहेकी छिन्,
    “म निर्दोष हुँ
    म माथि शङ्का किन ?”

    वनको बाटो
    उनका लागि आदेश बन्यो,
    त्याग—उनको कर्तव्य बनाइयो
    प्रेम उनले माग्दै मागिनन्
    बरु प्रेमका खातिर कर्तव्य निभाइन्,
    बदलामा पाइन्
    दूषित शङ्का र तिखा प्रश्नहरू

    अशोकवाटिकामा
    रावणको होइन
    व्यवस्थाको परीक्षा चलिरहेको थियो
    सीताले आफ्नो मौनलाई रक्षाकवच बनाइन्,
    र आत्मसम्मानलाई प्रथम सत्य

    फेरि थोपरियो अग्निपरीक्षा
    पवित्रताको नाममा
    पितृसत्ताको विषाक्त लय
    पुरुष नैतिकता
    राजसभाको कसीमा प्रमाणित भयो ,
    परन्तु,
    स्त्रीको नैतिकता
    अग्निकुण्डमा फ्याँकियो

    कसैले सोधेनन्
    आगोले घृणित प्रश्नको उत्तर दिन्छ ?
    विश्वासले सार्वजनिक तमासा माग्छ ?

    राजधर्मको आसनमा
    रामको मर्यादा बसिरह्यो
    दु:ख लाग्छ
    सीताको हुर्मत
    त्यसै आसनले लियो

    उत्तरकाण्डमा
    पीडा अझ गहिरियो
    गर्भमा भविष्य बोकेर
    सामाजिक प्रहारको सामना
    सीता फेरि वनतिर धकेलिइन्
    राम सिंहासनमा निर्धक्क बसे

    मौनता नारीको भाषा थियो
    जसलाई पुरुष प्रेरित सभाले
    बुझ्न सकेन
    सीताले धरतीको काख रोजिन्
    त्यो उनको हार थिएन
    त्यो भीषण घोषणा थियो
    विद्यमान समाजको अस्वीकार
    जहाँ निर्दोष स्त्री
    हरेकपटक दोषी बन्छे
    र दोषी पुरुष
    न्यायाधीश बन्छ

    धर्म त्यही हो
    जो प्रश्नसँग डराउँदै
    आदर्श त्यही हो
    जो समानताविना अगाडि बढ्दैन
    सीता अब कथा मात्र होइनन्
    नारी चेतनाको द्योतक हुन्
    जो हरेकपटक भन्छिन्–
    ‘अब परीक्षा सीताको होइन
    रामको हुनुपर्छ
    विद्यमान कुरीति र यो समाजको हुनुपर्छ’

    बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.