• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

परदेशमै अस्ताएका सपना


  •   सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
  • तारानाथ आचार्य/रासस

    Advertisement

    बलेवा (बागलुङ), २१ वैशाख । बागलुङको बरेङ गाउँपालिकाका ४० वर्षीय पुरुष केही वर्ष पहिले परिवारको सुन्दर सपना बोकेर संयुक्त अरव इमिरेट्स (युएई) पुगे । युएईको दुबईमा एउटा घरमा करिब एक वर्ष काम गरिसकेका थिए ।

    परिवारको समान्य खर्चसमेत नचलेपछि युएई पुगेका उनले महिनाकै खर्च घर पठाउँदै आएका थिए । छोराछोरीको पढाइलेखाइ, औषधि उपचार र घर खर्चसमेत धेरथोर बचाउने र भविष्य सुन्दर बनाउने उनको सपना थियो । तर एक दिन उनको सपना तुहियो । घरमा सुतिरहेकै बेला उनको मृत्यु भएको खबर घर पुग्यो । वैदेशिक रोजगार बोर्ड, सुरक्षित आप्रवासन कार्यक्रम र बरेङ गाउँपालिका समेतको सक्रियतामा उनको शव घर ल्याइयो ।

    परिवारकै खर्च चलाउन लामो समय खाडी मुलुक साउदी अरबमा काम गरेका बागलुङ नगरपालिका–१३ पैञ्युपाटाका अर्का ३९ वर्षीय पुरुषको कथा पनि उस्तै छ । लामो समय साउदी अरबको एक कम्पनीमा काम गरेका उनको मुटुमा समस्या आयो । नेपाल आएर केही समय उपचार गरे र पुनः साउदी अरब फर्किए । काम गर्दागर्दैै उनको जीवन लिला पनि त्यहीँ अस्तायो । घर र परदेशको दौडधुपमै उनले आफ्ना सपना सेलाए । दुई छोराछोरी, श्रीमती र परिवारका अन्य सदस्य अझै विक्षिप्त छन् ।

    बागलुङबाट विदेश पुगेर आफ्ना सपना सेलाउने उनीहरू मात्रै होइनन् । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका दश जनाको विदेशमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा नौ पुरुष र एक जना महिला छन् । तीमध्ये नौ जनाको विदेशमा र श्रम स्वीकृति भएका एक जनाको नेपालमा मृत्यु भएको हो ।

    आप्रवासी स्रोत केन्द्र बागलुङका अनुसार, वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनेहरूमा बागलुङ र गलकोट नगरपालिकाका दुई/दुई जना, जैमिनी नगरपालिका, बडिगाड, काठेखोला, बरेङ र ताराखोला गाउँपालिकाका एक/एक जना रहेका छन् । मृत्यु हुनेहरूमा साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, जापान र रोमानिया गएका छन् ।

    चालु वर्षमा समस्यामा परेका १३८ जना कामदारमध्ये ५८ जनाको सकुशल उद्धार गरिएको आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता गंगा शर्माले जानकारी दिए । तीमध्ये २२ जनाको उद्धारमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गराएको थियो ।

    आार्थिक वर्ष २०८०/८१ मा पनि बागलुङका १७ जना युवाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो । मृत्यु हुने अधिकांश ४० वर्षभन्दा कम उमेरका थिए । मृत्यु हुनेहरूमा सबैभन्दा बढी साउदी अरबमा गएका रहेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

    आर्थिक वर्ष २०८०/८१ मा बागलुङबाट वैदेशिक रोजगारीमा गएका थप १५६ जना विभिन्न समस्यामा परेका थिए । तीमध्ये १३७ पुरुष र १९ महिला पीडित थिए । विदेशमा जाँदा समस्यामा नपरून् भनेर केन्द्रले नियमित परामर्श सेवा दिने गरेको छ । चालु वर्ष पनि नौ हजारभन्दा बढीलाई परामर्श दिइसकेको शर्माले जानकारी दिनुभयो ।

    यस्तै, गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा जाँदा समस्यामा परेका तमानखोला गाउँपालिकाका एक युवा अशक्त भएर १९ वर्षपछि मात्र घर फर्केका छन् । बिचौलियाको लहलहैमा १९ वर्षअघि सन् २००७ मा बहराइन पुग्नुभएका तमानखोला–२ भयरबोङगाका ४१ वर्षीय श्यामकुमार घर्ती अशक्त भएर घर फर्किनुभएको हो ।

    गैरकानुनी रुपमा बहराइन पुगेको ६ महिनादेखि घर्ती सम्पर्कविहीन हुनुभएको थियो । गत वर्षको फागुनमा बहराइनको दूतावासबाट घर्तीको परिवारमा श्याम कोमामा छन् भन्ने खबर आएपछि गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा र छिमेकी जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले वैदेशिक रोजगार बोर्डमा जानकारी गराउनुभएको थियो ।

    प्रमुख जिल्ला अधिकारीमार्फत आप्रवासी स्रोत केन्द्रले आवश्यक कागजात दूतावासमा पठाएपछि घर्ती बिरामी अवस्थामा भेटिनुभएको थियो । उहाँको उपचार भए पनि गैरकानुनी रुपमा बसेकाले १५ लाख उपचार खर्चसमेत नेपाल सरकारले तिर्नुपरेका थियो । “पहिचान खुलेपछि भने बहराइनबाट घर्तीलाई नेपाल पठाइयो,” परामर्शकर्ता शर्माले भन्नुभयो ।

    विसं २०८१ फागुनमा दर्ता प्रक्रिया सुरु गरी कन्सुलर र दूतावासमा आवश्यक र मागे अनुसारको कागजात पठाएपछि एक वर्षमा घर्ती नेपाल आइपुग्नुभएको रिजालले बताउनुभयो । घर्ती अहिले गाउँको घरमा बाबुको साथमा बस्नुहुन्छ । उहाँहरूको दैनिकी पालिकका सहयोगमा चलेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

    सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.