• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

२७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

यात्रुको ब्यागेज पारदर्शी बनाउन त्रिभुवन विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

सुनचाँदीको मूल्य घट्यो

सङ्कटमा मादल बनाउने पेसा

करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ९. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • १०. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक


  •   आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
  • खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् । मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् ।

    Advertisement

    मुन्दुम ट्रेल आसपासका हरिया वन तथा घाँसेमैदान क्षेत्रमा ढकमक्क भएर फुलेका गुराँसको रातो, सेतो र गुलाबी रङ मिसिँदा देखिने दृश्यले जो कोहीको मनलाई मोहित बनाउने गरेको छ ।

    खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङबाट सुरु भएको मुन्दुम ट्रेल आसपासका वनमा फुलेका लालीगुराँस, चिमाल तथा चाँप हेर्न यतिबेला आन्तरिक तथा बाह्य पर्यटक मुन्दुम ट्रेल आउने गरेको स्थानीयले बताएका छन् ।

    हालै मात्र मुन्दुम ट्रेलको पदयात्रा पूरा गर्नुभएका हिँड्ने मान्छे उपनामले चिनिनुहुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारका ओजनबाबु आचार्य नेतृत्वको टोलीले उक्त क्षेत्र निकै मनोहक रहेको बताएको छ ।

    उक्त टोलीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका लालबहादुर मगर ‘एलबी’, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका सञ्जिव राई र साकेला गाउँपालिका–३ खिदिमाका सन्जित राई सहभागी हुनुहुन्थ्यो । मुन्दुम ट्रेलको चारदिने यात्रा पूरा गरेर फर्किएको टोलीले सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राममा राखेका विभिन्न रङ र प्रजातिका गुराँसका तस्वीर अहिले धेरैको रोजाइमा परेको छ ।

    हिँड्ने मान्छेको टोलीले खिचेर सार्वजनिक गरेका गुराँसका तस्वीरहरु जिल्लाका प्रकृतिप्रेमीले आफ्नो फेसबुकमा राख्दै मुन्दुम ट्रेलको वर्णन गरिरहेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरका प्रभावले झनै गुराँस अवलोकन गर्नका लागि मुन्दुम ट्रेल जाने अन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

    मुन्दुम ट्रेल प्रकृतिको अनुपम उपहार भएकाले हरेक वर्ष कम्तिमा पनि दुई पटक वसन्त र शरद् ऋतुमा यात्रा गर्न जाने गरेको हिँड्ने मान्छेले बताउनुभएको छ । “मुन्दुम ट्रेलमा यतिबेला विभिन्न रङ तथा प्रजातिका गुराँस ढकमक्क भएर फुलेका हुन्छन् । अन्य ठाउँमा पाखामा गुराँस फुलेको पाइन्छ । तर, यहाँ घाँसै मैदानमै ढकमक्क भएर गुराँस फुलेको भेटिन्छ”, उहाँले भन्नुभयो, “शरद ऋतुमा लेकाली फूलहरु फुल्छन् ।

    मुन्दुम ट्रेल प्रकृतिप्रेमीका लागि अनुपम उपहार हो । मुन्दुम ट्रेलमा ठूल्ठूला घाँसेमैदान छन् । त्यो अवलोकन गर्दा स्वर्गीय आनन्द आउँछ ।”

    प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र साहसिक पदयात्राको अद्वितीय सङ्गमका रूपमा स्थापित मुन्दुम ट्रेल क्षेत्र यतिबेला गुराँसले ढकमक्क ढाकिँदै झन् रमणीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । मुन्दुम ट्रेल आसपासका क्षेत्रमा पर्ने मैयुङका फाँटमा विभिन्न १८ प्रजातिका गुराँस पहिचान भएको र अझै यकीन तथ्याङ्क आउन बाँकी रहेको अनुसन्धानकर्ताले बताएका छन् ।

    कामको थकान मेटाउन र प्रकृतिसँग रम्न फुर्सदको समय निल्नेबित्तिकै मुन्दुम ट्रेलमा जाने गरेको एलबी मगरले बताउनुभएको छ । “मुन्दुम ट्रेल जाँदा प्रकृतिसँग रम्न पाउनुका साथै चौँरीको दूध आफैँले तताएर खान पाइन्छ । त्यहाँका घाँसेमैदानमा पालिएका घोडासमेत चढ्न पाइन्छ”, उहाँले भन्नुभयो, “यसपटकको मुन्दुम ट्रेलको यात्रा झनै अविस्मरणीय रह्यो । त्यति धेरै रङ र प्रजातिका गुराँस पहिलो पटक प्रत्यक्ष अवलोकन गर्न पाउँदा आनन्दित महसुस भएको छ ।”

    वसन्त ऋतु सुरु भएसँगै आसपासका स्थानीय बासिन्दाले भेँडा, चौँरी र घोडा चरणका लागि मुन्दुम ट्रेल आसपासका घाँसेमैदानमा लाने गरेका छन् । मुन्दुम ट्रेल आसपासमा पर्ने मैयुङ, मेरुङ र धोद्रे क्षेत्रमा रहेका घाँसेमैदान भेँडापालनका लागि उपयुक्त ठाउँ भएकाले दर्जनौँ भेँडी चोक तथा चौँरीको गोठ हुने गरेको केपिलासगढी गाउँपालिका–१ फेदीका भेँडापालक लक्ष्मण साम्पाङ ‘समीप’ले बताउनुभएको छ ।

    पूर्वीपहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभा सीमामा पर्ने यो मुन्दुम ट्रेल किराँत समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ । खोटाङ र भोजपुरको सीमामा पर्ने मुन्दुम ट्रेल तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ ।

    पहाडैपहाडको चुचुरामा निर्माण गरिएको मुन्दुम ट्रेल पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने गरेको छ । वसन्त ऋतुमा हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि ढकमक्क फुलेका गुराँस अवलोकन गर्दै यात्रा गर्दा थकानको महसुससमेत नहुने मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिनुभएको छ ।

    ठूल्ठूला घाँसेमैदान, फराकिला चौँरीखर्क तथा भेडीगोठका साथै घोडचढी अर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । पदमार्गमा अधिकांश किराँत समुदायका वस्तीहरु रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले यो पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो ।

    मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, थार, भिरमौरी तथा विभिन्न प्रजातिका जङ्गली जनावरसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइन्छ । डेढ दर्जनभन्दा बढी प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।

    मानवबस्ती कम पाइने मुन्दुम ट्रेलमा पर्यटकको चहलपहल बढेसँगै उनीहरुका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् । परम्परागत रुपमा सञ्चालन हुँदै आएको गोठलाई स्तरोन्नति गरेर गोठ–स्टे ९गोठवास०को व्यवस्था मिलाएर स्थानीय परिकार, चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन् ।

    आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण
    पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार
    सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
    इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन
    पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु
    यात्रुको ब्यागेज पारदर्शी बनाउन त्रिभुवन विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

    • २.
      पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

    • ३.
      सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

    • ४.
      इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

    • ५.
      पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

    • ६.
      यात्रुको ब्यागेज पारदर्शी बनाउन त्रिभुवन विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

    • ७.
      सुनचाँदीको मूल्य घट्यो

    • ८.
      सङ्कटमा मादल बनाउने पेसा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.