• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

कथा घेरा : सडक नाटकको चर्चा


  •   शनिबार, बैशाख १९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सडकमा टुसुक्क बसेर एक जना मादल बजाँउछन्, अर्का एक जनाले कहिले गिटार, कहिले हार्मोनियम, त कहिले तबेला बजाउँछन् । मादल बजाउनेले चाहिं कहिले काहीँ मजुरा अनि सारङ्गी पनि बजाउँछन् । छ देखि आठ जनाको एउटा समुहले सडकमा नाटक गर्दछ । नाटक जीवन्त देखिन्छ, खास गरी महिलामाथि हुने विभिद, अन्याय र अत्याचारको बारेमा गीत र अभिनयद्वारा समाजलाई जागरुक बनाउने कोशिस गरेको बुझिन्छ ।  धेरै मानिसहरूको त्यो समुहले आफुतर्फ ध्यानाकर्षित गरिहेको छ ।

    Advertisement

    ति युवाहरू सडकमा रचना गर्दछन्, सडकमानै मञ्चन गर्दै हिंड्ने एक युवा समूहले प्रस्तुत गर्ने गरेका नाटक यतिवेला निकै भाइरल भइरहेको छ । उक्त समुहलाई ‘कथा घेरा’ नाम दिइएको छ । यतिवेला यो समुह सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  यो नाटक गर्ने समुह कौशी थेटर काठमाडौँद्वारा सञ्चालित रहेको छ ।

    रंगकर्मी आकांक्षा कार्कीको समूहले प्रस्तुत गरेको सडक नाटक ‘बाटैबाटो’ महिला उद्यमशीलता र सशक्तीकरणका सवाल उठाउँदै सामाजिक सञ्जालमा व्यापक चर्चा र विवादको केन्द्रमा परेको थियो ।

    ‘मान्छे हो महिला’ बोलको गीतमार्फत महिलालाई मानवका रूपमा स्वीकार्नुपर्ने सन्देश दिइएको यस नाटकले कतिपय दर्शकबाट प्रशंसा पाउँदा कतिपयबाट आलोचना र गाली पनि भोग्नु परेको थियो ।

    नाटकमा महिलाका संघर्ष, परिश्रम र व्यवसायलाई उजागर गर्दै फरक शैलीमा प्रस्तुति दिइएको छ, जसले दर्शकलाई नयाँ अनुभव दिएको छ । गाउँले जीवन र उनीहरूको दैनिकीमा घट्ने घटनाहरूलाई समावेश गरेर नाटकको रुपमा प्रस्तुत गर्दैगर्दा गाउँ वस्तीका जनताले अत्यन्तै चाख मानेर हेर्ने गरेको पाइएको छ । प्रत्येक्ष पनि धेरै मानिसहरू सहभागि भइरहेका हुन्छन् ।

    डिजिटल माध्यमको प्रयोगले पनि ‘कथा घेरा’ लाई अझ व्यापक बनाएको छ। सामाजिक सञ्जालमार्फत कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण, कथा साझेदारी र पाठकहरूको प्रतिक्रिया संकलनले यसको पहुँच देश–विदेशसम्म विस्तार गरेको छ ।

    यद्यपि, केही आलोचकहरू भने यस अभियानले निरन्तरता र संरचनागत स्पष्टता कायम राख्नुपर्नेमा जोड दिन्छन् । उनीहरूको भनाइमा, यस्तो साहित्यिक घेरा दीर्घकालीन प्रभाव पार्न संस्थागत स्वरूप र अभिलेखीकरण आवश्यक हुन्छ ।

    समग्रमा, ॅकथा घेरा’ नेपाली कथा साहित्यमा नयाँ ऊर्जा र बहसको संस्कृति ल्याउने प्रयासको रूपमा उभिएको छ । यसले सिर्जनात्मक स्वतन्त्रता, समालोचनात्मक सोंच र साहित्यिक संवादलाई सशक्त बनाउँदै आगामी दिनमा अझ व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

    रंगकर्मी आकांक्षा कार्कीको समूहले यसअघि नाटक नगरेको होइन । करिब ८ वर्षदेखि निरन्तर ‘कथा घेरा’ले टेकुको कौसीमा खोलिएको रंगमञ्चबाट थुप्रै कथामा नाटक मञ्चन गराइसक्यो । तर, घुम्ती सडक नाटक ‘बाटैबाटो’ लिएर सुदूरपश्चिम र कर्णालीको यात्रा घुम्दा यो समूह भाइरल बन्यो । सडक नाटकमा गाइएको एउटै गीतले यो समूहलाई सामाजिक सञ्जालतर्फ पनि चर्चित बनाइदियो ।

    खोलीमा जानुपर्दछ मान्छे, सिक्नलाई पौडन 

    घरमा जानिन्न, जबसम्म चार भित्ता नाघिन्न 

    छोरी, बुढी, बुहारी, आमा, देवीभन्दा पहिला

    मान्छे हो महिला, मान्छे हो महिला…

    महिला मानव हुन् भन्ने शब्द समेटिएको गीतले आकांक्षाको समूहलाई कहिले चर्चाको उकालो चढायो, कहिले घृणाको ओरालो । जे होस्, यो यात्रामा कौसीले दर्शकको माया ह्वात्तै बटुल्दा गालीका शब्द पनि उसैगरी सुन्नुपर्‍यो ।

    नाटकमा महिलाको कथा भनिरहँदा निर्देशकले महिलाले गर्ने त्यस्ता मिहिन कामको महत्व अझ बढी बुझेका छन्, जुन यसअघि सामान्य सोच्थे ।

    शनिबार, बैशाख १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.