• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

एक सय सैतिसौँ अन्तर्राष्ट्रिय मे दिवसको अपिल


  •   बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
  • सर्वप्रथम यहाँहरूलाई जुझारु क्रान्तिकारी अभिवादनसहित एक सय सैतिसौँ मे दिवसको हार्दिक शुभकामना प्रकट गर्दछौँ । मजदुर आन्दोलनलगायत सर्वहारा वर्गीय आन्दोलनका वीर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

    Advertisement

    नेपालको लोकतान्त्रिक, जनवादी आन्दोलन तथा श्रमिक वर्गको हकअधिकारको पक्षमा सङ्घर्षरत हाम्रो सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) ले एक सय सैतिसौँ अन्तर्राष्ट्रिय मे दिवसलाई विविध कार्यक्रमसहित २०८३ वैशाख १८ गते देशव्यापी रूपमा मनाउन गइरहेको सहर्ष जानकारी गराउँछौँ । मजदुर वर्गको गौरवशाली इतिहास बोकेको आफ्नो महान पर्व मे दिवसलाई भव्यतापूर्वक मनाउन सम्पूर्ण मजदुर श्रमिक, पेसाकर्मी र मिहिनेतकस वर्गसमक्ष हार्दिक अपिल गर्दछौँ ।

    यहाँहरूलाई विदितै छ, अन्टुक मजदुर आन्दोलनभित्र देखा परेका सबै खाले अवसरवाद, अर्थवाद, उपयोगितावाद, संसोधनवाद, लोकप्रियतावाद र सम्झौतापरस्त एवम् चरम समन्वयवादी, दक्षिणपन्थी, उग्रवामपन्थी भड्काव तथा विचारका विरुद्ध आम शोषितपीडित श्रमजीवी वर्गको पक्षमा दृढतापूर्वक निरन्तर सङ्घर्षशील रहँदै आएको छ र यसकै वर्गसङ्घर्षको धरातलमा आधारित विरासतलाई सधैँ निरन्तर जीवन्त राख्नेछ ।

    मे दिवस मजदुरको क्रान्तिकारी जुझारु सङ्घर्ष र विजयको प्रतीकको दिन हो । यस दिनलाई संसारभरका श्रमिकले महान् गौरवपूर्ण पर्वको रूपमा मनाउँछन् । मजदुरले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखी मे १, १८८६ देखि अमेरिकाको सिकागो सहरमा आन्दोलनको थालनी गरी हजारौँ मजदुर सडकमा उत्रिएर उच्चस्तरको प्रदर्शन गरेका थिए । मे ४, १८८६ गतेका दिन सरकारले बर्बर दमन गर्दै आन्दोलनकारी मजदुरमाथि गोली बर्सायो । नौ जना श्रमिकले सहादत प्राप्त गरे । हजारौँ श्रमिक घाइते भए । सिकागोको सडक श्रमिकको रगतले रक्ताम्य बन्यो । दमनको प्रतिरोध गर्दै आन्दोलन अगाडि बढ्यो । मजदुरको जुझारु सङ्घर्ष विश्वव्यापी रूपमा फैलिएको थियो । अन्तत: आन्दोलनले तत्कालीन सरकारलाई झुकाएरै छाड्यो । त्यसको उपलब्धिको रूपमा आठघण्टे कार्यदिनले कानुनी मान्यता पाएको थियो । मजदुरले १८–२० घण्टाको अनिश्चित र पीडादायी कार्यदिनको बोझबाट मुक्ति पाउन सुरु गरिएको ऐतिहासिक यो आन्दोलनलाई सम्मान गर्दै सन् १८८९ मा एङ्गेल्सको नेतृत्वमा सम्पन्न समाजवादीको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनले मे १ लाई मजदुरको विजयको प्रतीक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । तत्पश्चात् १८९० देखि हरेक वर्ष मे १ गतेका दिन विश्वव्यापी रूपमा हर्ष र उल्लासका साथ मे दिवस मनाउने गरिएको छ ।

    नेपालमा पनि विगत लामो समयदेखि मे दिवसलाई श्रमिक मजदुरको विशेष पर्वको रूपमा मनाउने गरिएको छ । मे दिवस मजदुरको एकता, बलिदानीपूर्ण सङ्घर्ष र विजयको प्रतीकको दिन हो । यो दिन मजदुर आन्दोलनका अग्रज एवम् सहिदलाई स्मरण गर्ने महत्वपूर्ण दिन हो । तसर्थ इतिहासदेखि वर्तमानसम्मका संसारभरिका ती गौरवशाली मजदुर आन्दोलनमा जीवनोत्सर्ग गर्ने महान् सहिदप्रति उच्च सम्मानका साथ आज पुन:स्मरण गर्नु हामी श्रमजीवी वर्गको नैतिक दायित्व र प्रमुख कार्यभारको रूपमा बोध गरी उक्त कर्तव्यप्रति जिम्मेवार भएर पूर्ण प्रतिबद्धता प्रकट गर्दछौँ ।

    नेपालको संविधान–२०७२ को घोषणापछि सङ्घीय संसद्को तीनओटा निर्वाचन सम्पन्न भई निर्वाचित सङ्घीय संसद्बाट क्रमश: ओली, देउवा र प्रचण्ड र पुन: केपी ओलीको नेतृत्वमा सरकार गठन भएको करिब १० वर्ष बितिसकेका छन् तर जनताले राहत, सुशासन, सुरक्षा र विकासको अनुभूति गर्न पाएका छैनन् । गणतन्त्र भने पनि शासनको स्वरूप, संस्कृति एवम् प्रवृत्तिमा सामन्तवाद नै प्रस्तुत भएको देखिन्छ । जनप्रतिनिधिहरू आफ्नो सुविधा वृद्धि गर्न उद्यत छन् । अनियमितता र भ्रष्टाचार झन् झन मौलाएको छ । राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने र उत्पादन वृद्धि गर्ने कुनै ठोस कार्यक्रम छैन । व्यापारघाटा झनै बढेको छ । वैदेशिक लगानी भित्राउने नाममा बहुराष्ट्रिय कम्पनीको लुट, कर तथा राजस्वछलीजस्ता गम्भीर नीतिगत आत्मघाती कार्यलाई छुट एवम् संरक्षण दिने गरी कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउने नीति अवलम्बन गर्दै नेपाललाई झनै परनिर्भर, खोक्रो बनाउने काम भइरहेको छ । मूलत: दलाल पुँजीवादी अर्थनीति अवलम्बन गरिएको र यसको परिणामस्वरूप रोजगारी र अध्ययनको नाममा बाध्यतावश युवाको विदेश पलायन दिनानुदिन थप बढ्दै गइरहेको छ ।

    मजदुर, किसान र न्यूनआय भएका जनतालाई सुरक्षा र राहतको कुनै प्रभावकारी व्यवस्था विगतका लोकतान्त्रिक भनिएका सरकारले नीति र योजना ल्याउन नसकेको मात्र होइन, सो कार्यप्रति कुनै इच्छाशक्ति र चासोसम्म राखेको अवस्था थिएन । उक्त लामो अवधिसम्म सरकारको जनपक्षीय कार्यक्रमप्रतिको उदासिनता तथा श्रमिक मजदुर वर्ग र मिहिनेतकश जनताको वर्गिय हितमा कुनै पनि नीति निर्माण तथा कार्यक्रम र योजना लागु नगरेका कारण उत्पन्न विभेद, असमानता र विचलित मानसिकताको सिर्जना द्रुत गतिमा बढ्दै जाँदा देशमा लोकतान्त्रिक गणतन्त्रामक राजनीतिक व्यवस्था सञ्चालनमा भएको अवस्था रहे पनि श्रमिक मजदुर वर्ग र किसान तथा आम नागरिकले निरन्तर अपहेलना र विभेद व्यहोर्नुपर्ने अवस्था शासकले सिर्जना गरेका कारण श्रमिक मजदुर वर्ग र आमजनतामा लोकतान्त्रिक व्यवस्थाप्रति नै वितृष्णा र नकारात्मक दृष्टिकोणको विकास आकासिँदै गयो र निकै उकुसमुकस र विद्रोहको परिस्थिति सिर्जना भइरहेको अवस्थामा गत २०८२ भदौ २३ गते नेपालमा नवयुवाबाट असल शासन आर्थिक पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालमाथि लगाइएको सरकारी प्रतिबन्ध हटाउने माग राखेर केपी ओली सरकारको नीतिको विरुद्ध शान्तिपूर्ण आन्दा लनको आह्वान भएकोमा उक्त आन्दोलनलाई उपेक्षा र नजरअन्दाज गर्दै मागको अविलम्व सम्बोधन गर्नुको सट्टा सरकारले दमनको नीति अवलम्बन गरी निर्दोष युवा र विद्यार्थीलाई नरसंहारपूर्ण तरिकाले हत्या गर्‍यो र उक्त घटनाको तत्कालीन सरकारले कुनै जिम्मेवारीसमेत लिएन । परिणामस्वरूप शान्तिपूर्ण आन्दोलनले स्वरूप परिवर्तन गरी विद्रोह र ध्वंसको रूपमा परिणत हुने वातावरण स्वयम् सरकारले सिर्जना गर्‍यो ।

    यसैबिच राष्ट्रिय सार्वभौमसत्तालाई खल्बल्याउने गलत मनसाय भएका भित्रिबाहिरी घुसपैठिया शक्तिले उक्त आन्दोलनलाई हाइज्याक गरी भदा्रै २४ गते सरकारका केन्द्रीय सचिवालय, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, सुरक्षा निकायका कार्यालय, राष्ट्रपति भवनमा समेत तोडफोड, आगजनी गरी अराजक रूपमा विध्वंश गराउने कसैको रणनैतिक खतरनाक योजना कार्यान्वयन भएको परिस्थिति सिर्जना भयो । देशैभरिका सरकारी पूर्वाधार र कतिपय निजी उद्योग/प्रतिष्ठान नष्ट गर्नेजस्ता गम्भीर अपराधजनक कार्य गरिए । परिणामस्वरूप भदौ २३ र २४ मा ७३ जना युवा नेपालीको हत्या र मृत्युवरणजस्तो निकै कहालिलाग्दो परिस्थिति व्यहोर्नुपर्‍यो साथै करिब एक खर्ब बराबरको पूर्वाधार तथा सार्वजनिक सम्पत्तिको अपूरणीय क्षति ब्यहोर्नुपर्‍यो । यो इतिहासमै निकै गम्भीर सङ्कटपूर्ण परिस्थिति मुलुकले व्यहोर्नुपर्‍यो । यसबाट लाखौँ श्रमिक मजदुरलाई रोजगारी र श्रम गर्ने वातावरणमा जटिल परिरस्थिति सिर्जना भई रोजिरोटीकै समस्या झेल्नुपर्ने परिस्थिति सामना गरिराख्नु परेको छ । उक्त कहालिलाग्दो काबुबाहिरको परिस्थिति सिर्जना हँुदासमेत तत्कालीन ओली सरकारले कुनै खास गम्भीर अनुभूतिबोध गरी जिम्मेवारी लिएर दु:ख र समवेदनासमेत प्रकट गर्ने इच्छाशक्ति जाहेर गरेको देखिएन । यस विशिष्ट परिस्थितिमा राष्ट्रपतिले आफूमा निहित प्राकृतिक सिद्धान्त र आवश्यकताको सिद्धान्तअनुरूपको शक्तिप्रयोग गरी नवयुवा विद्रोहको जगमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरी देशमा शान्ति अमनचयन कायम गर्न र विघटित संसद्को ६ महिनाभित्र २०८२ फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित दिएको अवस्थामा अन्तरिम सरकारले मूलधारका राजनैतिक दलसँग वार्तासंवाद गरी तोकिएकै मितिमै निर्वाचन सम्पन्न भएको छ ।

    नवनिर्वाचित संसद्मा नयाँ राजनीतिक दल भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित हासिल गरेको छ । लोकतान्त्रिक गणतन्त्रको सूत्रधार मूलधारका पार्टीले अपेक्षाकृत नतिजा हासिल गर्न सकेको छैन । करिब दुईतिहाइ सिटमा जित हासिल गरेको रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भई शासनसत्ता सञ्चालनमा आएको छ । राजनीति, दर्शन, विचार र सिद्धान्तभन्दा पनि लोकप्रियतावाद र सार्वजनिक सेवाप्रवाहको पहुँचमा सबलीकरणको माध्ययमलाई प्राथमिकताको दृष्टिकोणसहित आफ्ना प्रतिबद्धता सार्वजनिक नीतिगत घोषणा गर्दै सरकारले लोकतान्त्रिक मूल्यमान्यता मर्म, भावना र संविधानमा उल्लेखित प्रावधानसमेतलाई नजरअन्दाज गर्दै विद्यार्थीको सङ्गठित हुने अधिकारमाथि बन्देज गरी सङ्गठन खारेज, श्रमिक मजदुरको सङ्गठित हुने वैधानिक ट्रेड युनियन अधिकारमाथि नियन्त्रण गर्ने गरी दलगत ट्रेड युनियन सङ्गठनको खारेजीको दृष्टिकोण सार्वजनिक गरेकाले यसप्रति हामी श्रमिक मजदुरको संवैधानिक मौलिक हक र संविधानबमोजिमका श्रम ऐन र ट्रेड युनियन ऐनकानुनले सुनिश्चित गरेका श्रमिक मजदुर वर्गका सङ्गठित हुने र सौदाबाजी गर्ने वैधानिक हकअधिकारमाथि बन्देज लगाउने खोजेकाले कतै सरकार निरङ्कुशताको सर्वसत्तावादी मार्गदिशातर्फ जान खोजेको हैन ? यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण रहेको छ । त्यसैले सरकारले यस प्रकारका लोकतन्त्र विरोधी कदम नचाल्नका लागि एक सय सैतिसौँ अन्तर्राष्ट्रिय मे दिवसका अवसरमा विशेष अपिल गर्दछौं ।

    अन्तर्राष्ट्रिय स्तरमा आज अमेरीकी साम्राज्यवाद र त्यसको पक्षपोषण गर्ने राष्ट्र र शक्तिको सहकार्यमा पुँजीको एकलौटी सङ्कलन र प्राकृतिक साधनस्रोत खानी पेट्रोलियम पदार्थ एवम् रणनैतिक महत्वका भूराजनैतिक स्थलको कब्जा गर्ने रणनीतिसाथ युक्रेन, क्युबा, भेनेजुयला, प्यालेस्टाइन, इरानलगायतका निर्दोष राष्ट्र र जनतामाथि रासायनिक एवम् सैन्य हमला गरी जबरजस्ती आतङ्क नरसंहार ध्वंस एवम् उच्च स्तरको हस्तक्षेप गरिरहेको छ । यसबाट मानवजाति र पर्यावरणमा नै उच्चस्तरको सङ्कटपूर्ण परिस्थिति उत्पन्न भएकाले त्यसको नकारात्मक असर श्रमिक मजदुर वर्गले भोगिराख्नु परेको छ । उपर्युक्त साम्राज्यवादी हस्तक्षेपका विरुद्ध संसारभरका श्रमिक मजदुर वर्ग र न्यायप्रेमी राष्ट्र एवम् जनताले उच्चस्तरको एकतासहित जुझारु सङ्घर्ष गर्नुपर्ने आजको मानवीय प्रमुख कार्यभार भएकाले हामी सम्पूर्ण श्रमिक मजदुर वर्गलाई उच्चस्तरको चेतना र विवेकसहित सङ्गठित भएर अनुशासित रूपमा अगाडि बढ्नको लागि एक सय सैतिसौँ अन्तर्राष्ट्रिय मे दिवसले प्ररणा र ऊर्जा प्रधान गरोस् भनी विशेष कामना गर्दछौँ ।

    अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक)
    केन्द्रीय कार्यालय

    बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.