• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

तीन सय विद्यार्थी पढ्ने विद्यालय ध्वस्त पारेकोमा अखिल (छैठौं) द्वारा सरकारको भत्र्सना


  •   बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौं) ले भक्तपुरको सुकुम्बासी बस्तीमा दुई सय ७५ विद्यार्थी रहेको विद्यालय ध्वस्त पारेकोमा भत्र्सना गरेको छ ।

    Advertisement

    अध्यक्ष सुवास जिसीको हस्ताक्षरमा २०८३ वैशाख १६ गते बुधबार प्रेसवक्तव्य सार्वजनिक गर्दै अखिल (छैठौं) ले विरोध गरेको हो ।

    प्रेसवक्तव्यमा भक्तपुरको सुकुम्बासी बस्तीस्थित सरस्वती आधारभूत विद्यालयको वैकल्पिक व्यवस्था गर्न माग गरिएको छ, जसले गर्दा त्यहाँ पढिरहेका विद्यार्थीको पढ्न पाउने अधिकारको रक्षा होस् ।

    अतिक्रमण हटाउने नाममा विद्यालयलाई नै ध्वस्त पार्नुलाई बालबालिकाको पढ्ने नैसर्गिक अधिकार हनन्को रूपमा लिइनुपर्ने सो वक्तव्यमा उल्लेख छ ।

    त्यस्तै, सरकारले पुन: सार्वजनिक यातायातको भाडा बढाएको तथा विद्यार्थी सहुलियत समाप्त पारिएकोमा पनि विरोध जोडदार गरिएको छ ।
    मूल्यवृद्धि रोक्न जोडदार माग गरिएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “सरस्वती आधारभूत विद्यालयको वैकल्पिक व्यवस्था तुरुन्त गर ! बढ्दो मुल्यवृद्धि नियन्त्रण गर !

    सरकारले मध्यपुर थिमि–१ मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा रहेको सरस्वती आधारभूत विद्यालयलाई डोजर चलाएर ध्वस्त भनाएको घटनाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

    सुकुम्बासी बस्ती हटाउने सरकारको कार्यक्रम रहे पनि बस्तीमा रहेको २७५ जना विद्यार्थीले अध्ययन गर्ने विद्यालयलाई ध्वस्त पार्नुपर्ने कारण के थियो ? यो गम्भीर प्रश्न खडा भएको छ । के सरकारले सार्वजनिक जग्गामा भएका विद्यालय हटाउन खोजेको हो ? यदि त्यसो हो भने देशका कैयौँ शिक्षालय सार्वजनिक जग्गामा हुने गरेका छन् । के ती सबै यसैगरी ध्वस्त हुन्छन् ? यसरी नै विनाकुनै तयारी शैक्षिक सत्रको अघिल्लो दिन विद्यालयमा डोजर चलाउनुको अर्थ के हुन्छ ?

    २०६२ सालमा स्थापना भएको उक्त विद्यालय त्यो वडाको एक मात्रै सामुदायिक विद्यालय रहेको थियो । भर्ना हुँदाको दिनमा विद्यालयको भवन भत्काइएपछि विद्यार्थीमा त्यसले निकै नकारात्मक मनोवैज्ञानिक असर पारेको छ । बालबालिकाको भयरहित तरिकाले पढ्न पाउने अधिकारको हनन् भएको छ । सरकारले बालबालिकाको आधारभूत अधिकारलाई संरक्षण गर्नुको साटो निकै दादागिरी शैली प्रस्तुत गरेको छ ।

    अझ लज्जास्पद कुरा त के छ भने त्यसरी सुकुम्बासी बस्तीबाट पुलिस र सेना लगाएर खेदिएका बालबालिका कहाँ बस्छन् ? कहाँ पढ्छन् ? त्यसको कुनै टुङ्गो छैन । अझ त्यो आततायी घटनाको क्रममा परीक्षा छुटेका, विद्यालय छुटेका विद्यार्थीलाई गुगल फम भर्न सूचना जारी गरिएको छ । यस्ता लाजमर्दो हर्कतले वर्तमान सरकारको गरिबप्रतिको असहिष्णु नीतिको असली मुकुण्डो उदाङ्गो भएको छ । हामीले सरकारद्वारा उक्त विद्यालयमा गरिएको आक्रमणको घोर भत्र्सना गर्दछौँ साथै ती विद्यार्थीको उचित पठनपाठनको अधिकार सुरक्षित गर्न तुरुन्त वैकल्पिक व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।

    वर्तमान सरकारले हरेक हप्ता मूल्यवृद्धि थोपर्दै लगेको छ । गरिब जनताको जीवनसँग जोडिएको डिजेलको मूल्य अचाक्ली पारिएको छ । त्यसको कारण सबै क्षेत्रमा महँगी बढेको छ । आज मात्रै यातायातमा थप पाँच प्रतिशत मूल्यवृद्धि भएको छ । सार्वजनिक यातायातले विद्यार्थीलाई दिँदै आएको ४५ प्रतिशत छुट खारेज गरेका छन् । यसरी सरकारले गरिब, सुकुम्बासी र विद्यार्थी वर्गमाथि अचाक्ली मूल्यवृद्धि थोपरेको छ । हामीले तत्काल मुल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।”

    बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.