काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सरकारले दुई वटा अध्यादेश ल्याउन सिफारिस गरेको छ । अध्यादेश ल्याउन कै लागि सरकारले बैशाख १७ गतेदेखि बोलाएको संसद अधिवेशन समेत स्थगित गरेको छ ।
Advertisement
हिंजो सोमबार क्याबिनेट बैठकको निर्णयका आधारमा राष्ट्रपतिसमक्ष ‘सहकारी र संवैधानिक परिषद’ सम्बन्धी दुई वटा अध्यादेश ल्याउन सिफारिस गरिएको खुल्न आएको छ । सरकारले सिफारिस गरेका दुई अध्यादेशमाथि शीतल निवासले कानुनी अध्ययन गरिरहेको बताएको छ ।
तर मन्त्रिपरिषद् बैठकले निर्णय गरेको विषय सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिँदा अध्यादेशबारे भने केही खुलाएका थिएनन् ।