• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

पोखरा महानगरपालिका–१३ मा दोस्रो साहित्य पर्व–२०८३ सम्पन्न


  •   सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
  • गण्डकी, १४ वैशाख । पोखराको सांस्कृतिक र साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित पोखरा महानगरपालिका–१३ को आयोजनामा वडा कार्यालय परिसरमा आइतबार दोस्रो साहित्य पर्व– २०८३ सम्पन्न गरिएको छ ।

    Advertisement

    गीत सङ्गीत र साहित्यका विविध पक्षमा चर्चा गरिएको पर्वमा विभिन्न सत्रहरूमा छलफल गरिएको थियो । पर्वको पहिलो सत्रमा ‘बितेका पाइला र आउने बाटाः पोखराका युगपुरुषहरूको पदचापमा’ शीर्षकमा पत्रकार शोभाकान्त सिग्देलले पत्रकार पुण्य पौडेलसँग छलफल गर्नुुभएको थियो । यस सत्रमा लोककवि अलिमियाँ, स्वर्गीय जगन्नाथ सिग्देल, स्वर्गीय टेकबहादुर ढेवाजुको योगदानको चर्चा गर्दै आगामी दिनमा युवाले दिनसक्ने योगदानका बारेमा छलफल गरिएको थियो ।

    दोस्रो सत्रमा ‘अक्षरदेखि अल्गोरिदमसम्मः हाम्रो अबको शिक्षा र बदलिँदो समाजको स्वरुप’ विषयमा भौतिकशास्त्री डा कपिल अधिकारीसँग डा रामचन्द्र बरालले छलफल गर्नुभएको थियो । छलफलमा डा अधिकारीले सामाजिक सञ्जालको अल्गोरिदमले मानिसको आनीबानीलाई जिन्सी सामानजस्तो बनाइदिएको बताउनुभयो ।

    तेस्रो सत्रमा पत्रकार अनिशा श्रेष्ठले व्यावसायी नारायण पौडेल र समेसराज भण्डारीसँग उद्यमी र नवउद्यमीका विषयमा कुराकानी गर्नुुभएको थियो भने चौथो सत्रमा ‘साहित्यमा नारीको प्रतिनिधित्व’ शीर्षकमा सहजकर्ता हसिना बस्नेतसँग साहित्यकार सरस्वती प्रतीक्षाले छलफल गर्नुभएको थियो । त्यस्तै अन्तिम सत्रमा पत्रकार अमृत सुवेदी र गायक विनोद श्रेष्ठले कन्दरा ब्यान्ड र पोखराको सङ्गीतका विषयमा कुरा गर्नुभएको थियो ।

    कार्यक्रममा स्थानीय साहित्यकार, कलाकार तथा चित्रकारहरूको सहभागिता थियो । कार्यक्रममा साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’, धर्मराज अल्पायु, चन्द्रावती वाग्ले, कुशल गौतमका रचना वाचन गरिएका थिए । गायिका हरिदेवी कोइरालाले अलिमियाँले सङ्कलन गरेको ‘आकाशमा बादलु डम्मै छ’ बोलको गीत प्रस्तुत गर्नुुभएको थियो ।

    यसअघि कार्यक्रमको उद्घाटन गर्दै लेखक तथा पत्रकार नारायण वाग्लेले आफ्नो लेखन क्षेत्रको प्रेरणाको स्रोत पुस्तकालय रहेको बताउनुभयो । साहित्यमा सृजना गर्न स्वतन्त्र रूपमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    अग्रज कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ले यस प्रकारका कार्यक्रमले साहित्यमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने, सिर्जनशीलता अभिवृद्धि गर्ने र स्थानीय प्रतिभालाई पहिचान तथा प्रोत्साहन गर्ने बताउनुभयो ।

    सोमबार, बैशाख १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.