• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सुकुम्बासी बस्तीमाथिको डोजर आतङ्क बन्द गर्न तीन किसान सङ्गठनको माग


  •   शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
  • काठमाडौँ । तीन किसान सङ्गठनले सरकारले सुकुम्बासी बस्तीमाथि डोजर आतङ्क सिर्जना गरेको आरोप लगाउँदै त्यसलाई बन्द गर्न माग गरेका छन् ।

    Advertisement

    २०८३ वैशाख ११ गते शुक्रबार संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै उनीहरूले सो माग गरेका हुन् ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, क्रान्तिकारी किसान महासङ्घका अध्यक्ष सीताराम तामाङ र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष रामदुलार महतोको हस्ताक्षरमा जारी उक्त प्रेसविज्ञप्तिमा पूर्व मेयर तथा हालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भूमि आयोगसित सुकुम्बासी समस्या हल गर्न समझदारीपत्रमा हस्ताक्षर भएको स्मरण गरिएको छ ।

    वास्तविक सुकुम्बासीलाई बसोबास र रोजगारीको व्यवस्था गर्न तथा कथित सुकुम्बासीलाई कानुनी दायरामा ल्याउन माग गरिएको उक्त प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ :

    “हामी तीन किसान सङ्गठनहरू अखिल नेपाल किसान महासङ्घ (अप्फा), क्रान्तिकारी किसान महासङ्घ र अखिल नेपाल प्रगतिशील किसान सङ्घले २०८३ वैशाख १ गते प्रेसविज्ञप्ति जारी गरी सरकारले सुकुम्बासी बस्तीमाथि डोजर नचलाउन माग गरेको थियो । त्यस मागप्रति कुनै सरोकार नराखी थापाथलीस्थित दशकौँसम्म बसोबार गरिरहेका सुकुम्बासी र अव्यवस्थित बसोबासी बस्तीमाथि पुन: डोजर चलाउन माइकिङ सरकारले गरेको छ ।

    हामी पुन: यो स्मरण गराउन चाहान्छौँ : किसान सङ्घ, सङ्गठन र अन्य सरकारद्वारा सञ्चालित बागमती कोरिडोर विकास आयोजनाले सुकुम्बासीको यथार्थ तथ्याङ्क सङ्कलन गरेका छन् । त्यसमाथि केशव निरौलाको भूमि आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर तथा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहसँग यसको समाधान गर्नका लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो । त्यसको एक प्रति काठमाडौँ महानगरपालिकामा र एक प्रति भूमि आयोगमा सुरक्षित छ तर काठमाडौँ महानगरपालिकाले त्यसको बेवास्ता गरिरह्यो । वास्तविक सुकुम्बासीको व्यवस्थापन गर्ने र अव्यवस्थित वा अवैध रूपमा बसोबास गर्नेहरूलाई कानुनको पालना गराउने जिम्मा अहिलेको भूमि ऐन वा सरकारको जिम्मेवारीभित्र पर्दछ । त्यसको बेवास्ता गर्दै कानुनको बेवास्ता गर्दै डोजर चलाउनु यो सरकारको डोजरतन्त्र नै हो भन्ने प्रष्ट भएको छ ।

    यो सरकार किसान–मजदुरको नभएर कुलीनतन्त्रको सरकार हो, जसले सुकुम्बासी, मजदुर, किसान र मध्यम वर्गमाथि शासन गर्दछ । काठमाडौँ उपत्यकालाई कुलीनबासीको बसोबासी मात्र बनाउन चाहान्छ । हामी स्पष्ट शब्दमा माग गर्दछौँ : पहिलो– सुकुम्बासीको पहिचान गरी उनीहरूको बसोबास र रोजगारीको व्यवस्था गर, द्वितीय– गैरकानुनी रूपमा बस्ने कथित सुकुम्बासीलाई कानुनी दायरामा ल्याउने काम गर । डोजर आतङ्कले देशमा आतङ्ककारी शासनको सिर्जना गर्दछ । यदि डोजर चलाइयो भने सबै सुकुम्बासी सङ्गठनहरू कडा प्रतिरोधमा उत्रिनेछौँ ।”

    शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.