• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एमाले माओवादीलाई हेरेर नेपालको कम्युनिस्ट आन्दोलनको मूल्याङ्कन गर्नु हुँदैन : शर्मा


  •   बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले एमाले माओवादीलाई हेरेर नेपालको कम्युनिस्ट आन्दोलनको मूल्याङ्कन गर्न नहुने बताउनुभएको छ ।

    Advertisement

    नेकपा (मसाल) केन्द्रीय कार्यालयद्वारा २०८३ वैशाख ९ गते तदनुसार अप्रिल २२, २०२६ का दिन आयोजित नेकपाको अठहत्तरौँ स्थापना दिवस तथा लेनिनको एक सय सन्ताउन्नौँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

    राजमो केन्द्रीय कार्यालयको सभाकक्षमा आयोजित सो कार्यक्रममा नेता शर्माले भन्नुभयो– ‘एमाले माओवादीलाई हेरेर कम्युनिस्ट आन्दोलन पहिले बलियो थियो, अहिले कमजोर भयो भन्ने व्याख्या वा भाष्य गलत छ ।’

    एमाले र तत्कालीन माओवादी वा हालको नेकपा वास्तविक कम्युनिस्ट पार्टी नरहेको दाबी गर्दै उहाँले यस प्रकारको विचारलाई अपव्याख्याको संज्ञा दिनुभयो ।

    नेपालको हकमा मसालले मात्रै क्रान्तिकारी कम्युनिस्ट सिद्धान्तलाई आत्मसात गरिरहेको दाबी उहाँको थियो ।

    ‘नेपालमा कम्युनिस्ट सिद्धान्तलाई दह्रो गरी पक्रिने मसाल मात्रै हो’ उहाँले भन्नुभयो– ‘नेकपा (मसाल) लगातार क्रान्तिकारी दिशामा अगाडि बढ्ने कोसिस गरिरहेको छ ।’

    उहाँले विरोधीले गरेको प्रचारबाट विचलित नहुन आफ्ना कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो ।

    नेता शर्माले भन्नुभयो– ‘नेपालको तात्कालिक राजनीतिमा साम्राज्यवादी र प्रतिक्रियावादी गरी दुईओटा तरबारका विरुद्ध सङ्घर्ष गर्ने जिम्मेवारी मसाल र राजमोको हो ।’

    उहाँले आफूलाई मसाल र राजमोको कार्यकर्ता भएकोमा गर्व गर्न अनुरोध गर्नुभयो ।

    नेपालको कम्युनिस्ट आन्दोलनमा झापा आन्दोलन र माओवादी सशस्त्र द्वन्द्वको रूपमा भड्काव आएको स्पष्ट पार्दै उहाँले अहिले वैचारिक रूपमा उनीहरू कहाँ पुगे भनेर खोज्नुपर्ने अवस्था आएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘झापा आन्दोलन र २०५२ सालदेखि चलेको माओवादी सशस्त्र द्वन्द्वका सञ्चालनकर्ताहरू अहिले दक्षिणपन्थी अवसरवादमा पतन भइसकेका छन् ।’

    ठोस परिस्थितिको ठोस विश्लेषण माक्र्सवाद–लेनिनवादको आत्मा भएको बताउँदै उहाँले मसालले मात्रै त्यो आत्मालाई पक्रेको दाबी गर्नुभयो ।

    माक्र्स र एङ्गेल्सले सिद्धान्तमा बढी जोड दिएको तर लेनिनले भने सङ्गठनमा समेत जोड दिएकाले उनीमाथि बढी आक्रमण भएको सन्दर्भ उहाँले मन्तव्यको क्रममा जोड्नुभयो ।

    ‘लेनिनले सर्वहारा वर्गसित सङ्गठनभन्दा बलियो अर्को हतियार नभएको बताएर त्यसलाई सञ्चालन गर्ने जनवादी केन्द्रीयताजस्तो मौलिक सिद्धान्तको आविष्कार गर्नुभयो’ उहाँले भन्नुभयो– ‘लेनिनले सङ्गठनात्मक यस्तो सिद्धान्त अगाडि सारेपछि प्रतिक्रियावादीको तारो बन्नुभयो । त्यत्ति मात्रै होइन, कम्युनिस्ट खेमाभित्रका अवसरवादीको पनि तारो बन्नुभयो ।’

    कार्यक्रमको प्रारम्भमा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी गरिएको प्रेसवक्तव्य वाचन गरिएको थियो ।

    मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा राजमो महासचिव मनोज भट्ट, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव धनपति सापकोटा, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, अखिल नेपाल बुद्धिजीवी सङ्घका कोषाध्यक्ष भोला ढकाल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का कोषाध्यक्ष केबी घले र अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य सगर सुवेदीले पनि मन्तव्य राख्नुभएको थियो ।

    मसालकै ३ नम्बर ब्युरो प्रवक्ता समीर सिंहको सञ्चालन रहेको सो कार्यक्रमको सञ्चालन काठमाडौँ प्रवक्ता जगतप्रसाद रेग्मीले गर्नुभएको थियो ।

    बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.