पाल्पा, बैशाख ९ गते । पाल्पाको सदरमुकाम तानसेनमा कम्युनिस्ट पार्टीको ७८औँ स्थापना दिवश मनाइएको छ । राष्ट्रिय जनमोर्चा, नेपाली कम्युनिस्ट पार्टी र नेपका माओवादी पाल्पाले स्थापना दिवस मनाएको हो ।
Advertisement
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्की, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य यादबबहादुर रायमाझी, पार्बती बिक, नेकपा माओवादी लुम्बिनी प्रदेश सदस्य आकाश थापाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य लिला सोमै, अखिल नेपाल महिला संघकी नरमति सिंजाली, राजमो पाल्पाका दल बहादुर राना, गोमा मगर लगायतले कम्युनिष्ट आन्दोलनबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा अशोककुमार शाहीको अध्यक्षता, विशाल दर्लामीको सञ्चालन र पुरन गैरे शर्माको स्वागत मन्तव्य रहेको थियो ।

