• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

प्रम बालेनले देशलाई निर्दलियता वा फासिवादतिर लैजाने खतरा बढ्यो : राजमो


  •   बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रधानमन्त्री बालेनले देशलाई निर्दलियता वा फासिवादतिर लैजाने खतरा बढेको राष्ट्रिय जनमोर्चाले बताएको छ ।

    Advertisement

    पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले आज चैत ९ गते वक्तव्य जारी गरी, ‘…बालेनले दलिय प्रणालीलाई अपनाए पनि उनको मूल चरित्र गैर दलिय नै रहेको छ ।’ राष्ट्रिय जनमोर्चाको वक्तव्यमा लेखिएको छ, ॅत्यस प्रकारको चरित्रको कारणले उनको एक वा अर्को प्रकारले दलिय प्रणालीलाई कमजोर पार्दै लैजाने, दलिय प्रणालीका आधारहरूलाई समाप्त गर्दै लैजाने र त्यसरी देशलाई निर्दलियता वा फासिवादतिर लैजाने नै हुने छ ।’ विद्यार्थी युनियन, ट्रेड युनियन वा प्रेसमाथि उनले लगाउन थालेको अङ्कुशबाट त्यो कुरा एकदम प्रष्ट भएको राजमो ठम्याई छ ।

    ‘…दुई राष्ट्रहरूको बीचमा रहेर नेपालको कुनै अन्तर्राष्ट्रिय भूमिका वा स्वतन्त्र प्रकारको सम्बन्ध नरहेको भए वा त्यो निष्कृय अवस्थामा रहेको भए नेपाल बफर स्टेट नै हुन्थ्यो ।’ नेपालीले अगाडि लेख्नुभएको छ, ‘….नेपाललाई बफर स्टेटको रूपमा व्याख्या गर्ने जस्तो सोंचाई स्वतन्त्रता प्रेमी नेपालीहरूका लागि सह्य नहुने कुरा हामीले दृढतापूर्वक स्पष्ट गर्न चाहन्छौँ ।’

    नेपाललाई बफर स्टेटको रूपमा बालेन सरकारले प्रस्तुत गरेको बारेमा राष्ट्रिय जनमोर्चाले विरोध प्रकट गर्दै कडा शब्दमा भत्र्सना गरेको छ । बालेन सरकारको उक्त कदमलाई राष्ट्रिय जनमोर्चाले विरोध जनाउँदै एउटा स्वतन्त्र राष्ट्रको रूपमा नेपालको अस्तित्वलाई अवमूल्याङ्कन गरेको बताएको छ ।

    विद्यार्थीहरूको आन्दोलनबाट प्राप्त गरेका अधिकारहरूको रक्षाका लागि उनीहरूले चलाइरहेको आन्दोलनको दृृढतापूर्वक सर्मथन गर्दछ र उनीहरूको न्यायपूर्ण आन्दोलनसित राष्ट्रिय जनमोर्चाले ऐक्यबद्धता प्रकट गरेको छ ।

    वक्तव्यमा लेखिएको छ :

    ‘बालेन सरकारले नेपाललाई बफर स्टेटको रूपमा प्रस्तुत गरेको छ । सरकारी दस्तावेजमा नेपाललाई बफर स्टेटको रूपमा प्रस्तुत गर्ने कार्यलाई त्यस प्रकारको व्याख्यालाई राष्ट्रिय जनमोर्चाले दृढतापूर्वक अस्वीकार गर्दछ र त्यस प्रकारको धारणाको कडा शब्दमा भत्र्सना गर्दछ । त्यस प्रकारको व्याख्याले नेपालको राष्ट्रियता, सार्वभौमिकतामा आँच पुर्‍याउँछ । एउटा स्वतन्त्र राष्ट्रको रूपमा नेपालको अस्तित्वलाई अवमूल्याङ्कन गर्दछ ।

    नेपाल अवश्य पनि दुई ठूला राष्ट्रहरूको बीचमा रहेको छ । तर त्यो स्थितिले नेपाललाई स्वतः बफर स्टेट बनाउँदैन । यदि दुई राष्ट्रहरूको बीचमा रहेर नेपालको कुनै अन्तर्राष्ट्रिय भूमिका वा स्वतन्त्र प्रकारको सम्बन्ध नरहेको भए वा त्यो निष्कृय अवस्थामा रहेको भए नेपाल बफर स्टेट नै हुन्थ्यो । तर नेपाल संयुक्त राष्ट्र संघको सदस्य छ र संसारका धेरै देशहरूसित त्यसको स्वतन्त्रता र समानताको आधारमा सम्बन्ध कायम भएको छ । अन्तर्राष्ट्रिय शान्ति सेनामा पनि त्यसको महत्वपूर्ण भूमिका रहेको छ । त्यस प्रकारको पृष्ठभूमीमा नेपाललाई बफर स्टेटको रूपमा व्याख्या गर्ने जस्तो सोचाई स्वतन्त्रता प्रेमी नेपालीहरूका लागि सह्य नहुने कुरा हामीले दृढतापूर्वक स्पष्ट गर्न चाहन्छौँ ।

    गृहमन्त्री सुधन गुरुङबारे जुन प्रकारका आरोप र विवादहरूको ओईरो लागेको छ र त्यसबारे बालेन सरकारले जुन प्रकारको मौनता धारण गरेको छ, त्यसबाट खालि व्यक्तिगत रूपमा गृहमन्त्रीको मात्र होईन, वर्तमान सरकारले गर्दै आएको सुशासन र पारदर्शीताको दावीसमेत हवाई सावित भएको छ । हाम्रो यो स्पष्ट मत छ कि, गृहमन्त्रीले तुरुन्तै आफ्नो पदबाट राजिनामा दिनु पर्दछ र उनका बारेमा निष्पक्ष छानविन र अनुसन्धानका लागि मार्ग प्रशस्त गर्नुपर्दछ । उनका बारेमा छानविन गर्ने कार्यको जिम्मेवारी प्रहरी विभागको हुनेछ, तर त्यो विभाग गृहमन्त्रीको मातहत भएको हुनाले उनी त्यो पदबाट नहट्दासम्म उनका बारेमा गरिने छानविनलाई प्रभावित गर्ने र, त्यो छानविन निष्पक्ष प्रकारले हुन नसक्ने कुरा निश्चित छ । यस सर्न्दभमा पहिलेको कथित स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उदाहरण पनि उल्लेखनिय छ । उनका बिषयमा नगरिकता र पासपोर्टको मुद्दा चलिरहेको बेलामा उनले आफै जोड गरेर गृह मन्त्रालय प्राप्त गरेका थिए र उनले आफ्ना विरुद्ध हुने कारवाहीलाई प्रभावित गर्न प्रयत्न गरेका थिए । त्यही प्रकारको उदाहरणको पुनरावृत्ति अहिले गृहमन्त्री सुधन गुरुङले गर्न खोजेका त छैनन् ? त्यो प्रश्न उठाउने ठाँउ छ । त्यस्तो हुन नदिनका लागि उनले तुरुन्तै आफ्नो पदबाट राजिनामा दिनु पर्ने वा उनलाई वर्खास्त गर्न पर्ने आवस्यकतामा राष्ट्रिय जनमोर्चाले जोड दिन्छ ।

    वर्तमान प्रधानमन्त्री बालेन शाहको पृष्ठभूमी गैर दलिय प्रकारको रहेको छ । अहिले उनले कथित स्वतन्त्र पार्टीमा प्रवेश गरेर त्यसको वरिष्ठ नेता बनेका छन् र त्यसैका तर्फबाट संसदमा चुनिएका छन् र प्रधानमन्त्रीसमेत बनेका छन् । तर यो कुनै लुकेको कुरा होईन कि प्रधानमन्त्री पद पाउने आश्वासन पाएपछि नै उनले एउटा राजनीतिक दलमा प्रवेश गरेका हुन् । तर उनको मूल प्रवृति गैर दलिय नै थियो । त्यस प्रकारको चरित्रका कारणले नै उनले दलिय प्रणालीको विरोधगर्दै स्वतन्त्र उमेदवारको रूपमा काठमाण्डौँको मेयर पदमा चुनाव लडेका थिए र त्यसरी दलिय प्रणालीका विरुद्धको अभियान चलाउँदै उनले राजनीतिमा प्रवेश गरेका थिए । तर अहिले उनले दलिय प्रणालीलाई अपनाए पनि उनको मूल चरित्र गैर दलिय नै रहेको छ । त्यस प्रकारको चरित्रको कारणले उनको एक वा अर्को प्रकारले दलिय प्रणालीलाई कमजोर पार्दै लैजाने, दलिय प्रणालीका आधारहरूलाई समाप्त गर्दै लैजाने र त्यसरी यसलाई निर्दलियता वा फासिवादतिर लैजाने नै हुने छ । उनी प्रधानमन्त्री भएको केही दिनमै उनको त्यस प्रकारको चरित्र प्रकट हुन थालेको छ । विद्यार्थी युनियन, ट्रेड युनियन वा प्रेसमाथि उनले लगाउन थालेको अङ्कुशबाट त्यो कुरा एकदम प्रष्ट भएको छ ।

    विद्यार्थीहरूको स्वतन्त्रताको अधिकार उनीहरूले लामो संघर्षपछि प्राप्त गरेको थिए । खास गरेर निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही कालमा लामो र कडा संघर्ष गरेर नै त्यस प्रकारका अधिकारहरू प्राप्त गरेका थिए । त्यस प्रकारका अधिकारहरूलाई अहिले बालेन सरकारले पूरै अपहरण गर्र्न खोजेको छ र त्यसको त्यो कार्यले उनको चरित्रमा मूलभूत रूपमा रहेको गैर दलिय चरित्रलार्ई नै व्यक्त गर्दछ । हाम्रो पार्टीले विद्यार्थीहरूको आन्दोलनबाट प्राप्त गरेका अधिकारहरूको रक्षाका लागि उनीहरूले चलाइरहेको आन्दोलनको दृृढतापूर्वक सर्मथन गर्दछ र उनीहरूको न्यायपूर्ण आन्दोलनसित ऐक्यबद्धता प्रकट गर्दछ । हामीले अन्य सबै न्याय र स्वतन्त्रता प्रेमी जनतासित पनि त्यो आन्दोलनलाई सर्मथन गर्नका लागि अपिल गर्दछ । हामीले के बुझ्नु पर्दछ भने अहिले विद्यार्थीहरूले जुन आन्दोलन चलाइरहेका छन्, त्यो आन्दोलन विशुद्ध रूपले खालि उनीहरूको आन्दोलन मात्र हाईन । सरकार उनीहरूको स्वतन्त्रताको अपहरण गर्न सफल भएमा त्यसले त्यस प्रकारको स्वतन्त्रताको अपहरणको दायरा बढाउँदै लैजाने छ र त्यसरी देश सम्पूर्ण रूपमा फासिवादतिर जाने खतरा पैदा हुनेछ । सरकारले विश्वविद्यालयहरूमा समेत प्रहरी चौकीहरू राख्ने जुन कुरा गरिरहेको छ, त्यसले पनि देशमा फासिवादी शासनको संकेत दिन्छ । त्यसको लागि हामीले विद्यार्थीहरूलाई धन्यवाद दिनु पर्दछ कि अहिले उनीहरूले खालि आफ्‌नो अधिकारको रक्षाका लागि मात्र संघर्र्ष गरिरहेका छैनन् । नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका अधिकार र स्वतन्त्रताका रक्षाका लागि अग्रिम दस्ताको रूपमा संघर्ष गरिरहेका छन् । उनीहरूले समातिरहेको त्यो किल्ला टुट्यो भने देशभरिमा फासिवाद निर्वाधरूपले फैलिने छ । यो पल्ट सरकारले विद्यार्थीहरूको स्वतन्त्रताको मात्र हाईन, ट्रेड युनियनहरूको स्वतन्त्रताको पनि अपहरण गर्न खोजिरहेको छ र पे्रसको स्वतन्त्रतामाथि पनि नियन्त्रण गर्न खोजिरहेको छ । त्यसरी सरकारले चौतर्फी रूपमा नै आफ्नो अधिनायकवादी स्वरूप प्रकट गर्दै लगिरहेको छ । हाम्रो पार्टीले सरकारले अपनाएको त्यस प्रकारका नीतिको कडा शब्दमा विरोध गर्दछ । नेपाली जनताले कैंयौं शताब्दी लामो संघर्ष तथा त्याग र बलिदानद्वारा प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिँदै सम्पूर्ण नेपाली जनताको त्यसप्रति ध्यान आकर्षित गर्न चाहन्छ ।’

    २०८३ बैशाख ९ गते
    रश्मीराज नेपाली
    कार्यवाहक अध्यक्ष

    बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.