• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा मसालको क्रान्तिकारी ऐक्यबद्धता


  •   बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपाको अठहत्तरौँ स्थापना दिवस तथा लेनिनको एक सय सन्ताउन्नौँ जन्मजयन्तीको अवसरमा नेकपा (मसाल) ले क्रान्तिकारी एक्यबद्धता व्यक्त गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ वैशाख ९ गते तदनुसार अप्रिल २२, २०२६ का दिन प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो ।

    राष्ट्रियता र लोकतन्त्रको विषय उठाउँदै वक्तव्यमा नेपालमा अहिले साम्राज्यवादी हस्तक्षेप बढ्दै गएको बताएको छ ।

    त्यस्तै मुख्यत: साम्राज्यवादी हस्तक्षेपका कारण वर्तमान विश्व युद्ध र फासिवादतर्फ अगाडि बढिरहेको बताइएको छ ।

    नेकपाको स्थापना दिवस र लेनिन जयन्ती अवसरमा साम्राज्यवादका विरुद्ध विश्वव्यापी सङ्घर्षको आवश्यकता औल्याइएको उक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “नेकपा (मसाल) ले १५७ औँ लेनिन जयन्ती र हाम्रो पार्र्टीको ७८ औँ स्थापना दिवसको अवसरमा सबै कम्युनिस्ट, क्रान्तिकारी तथा मिहिनेतकश जनताप्रति क्रान्तिकारी अभिनन्दन प्रकट गर्न चाहन्छ । त्यस सन्र्दभमा हामीले यो पनि स्पस्ट गर्न चाहन्छौँ कि नेपालको कम्युनिस्ट आन्दोलन विश्वभरको कम्युनिस्ट आन्दोलन, क्रान्तिकारी आन्दोलन तथा सम्पूर्ण विश्वका शोषितपीडित र सर्वहारा वर्गको मुक्ति आन्दोलनको अभिन्न अङ्ग हो । सो अवसरमा हामीले सम्पूर्ण विश्वका सर्वहारा क्रान्तिकारी जनता र सर्वहारा वर्गसित पनि हाम्रो क्रान्तिकारी ऐक्यबद्धताको प्रतिबद्धता प्रकट गर्न चाहन्छौँ ।

    नेपाल आज अत्यन्त कठिन र सङ्कटोन्मुख अवस्थाबाट गुज्रिरहेको छ । नेपाल अहिलेसम्म कैयौँ प्रकारका प्रतिक्रियावादी व्यवस्थाका बिचबाट गुज्रिँदैै आइरहेका छ र तिनीहरूका विरुद्ध क्रान्तिकारी र प्रजातान्त्रिक सङ्घर्र्षको हाम्रो लामो र गौरवपूर्ण इतिहास रहेको छ । त्यस प्रकारको सङ्घर्षको क्रममा नै हामीले निरङ्कुश राणाशासन र पञ्चायती तानाशाही व्यवस्था वा राजतन्त्रसमेतका विरुद्ध सफल सङ्घर्ष गर्दै आएका छौँ ।

    त्यसका साथै राष्ट्रियताको रक्षा तथा त्यसका लागि विदेशी साम्राज्यवादी शक्तिका विरुद्ध पनि हामीले निरन्तर र दृढतापूर्वक सङ्घर्ष गर्दै आएका छौँ तर त्यस सन्र्दभमा यो कुराप्रति पनि हाम्रो ध्यान जानुपर्ने आश्यकता छ कि देशमा राजतन्त्र समाप्त भएर गणतन्त्रको स्थापना भइसकेको भए पनि गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुनस्र्थापना तथा धर्मनिरपेक्षतालाई समाप्त गरेर नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि प्रतिगामीले प्रयत्न गर्न छाडेका छैनन् । त्यसका साथै नेपाली जनता लामो समयदेखि भारतीय सम्राज्यवादद्वारा आक्रान्त हुँदै आएका छन् ।

    कालापानी क्षेत्रमा भारतीय सेनाको कब्जा अहिलेसम्म कायम छ र अन्य कैयौँ क्षेत्रमा पनि नेपाल भारतीय साम्राज्यवादद्वारा पीडित हुँदै आएको छ । त्यसका साथै पछिल्ला दिनमा अमेरिकी साम्राज्यवादको नेपालमाथिको हस्तक्षेप र अतिक्रमण पनि धेरै नै बढेर गएको छ ।

    अब अमेरिकाले नेपालमा आफ्नो कठपुतली सरकार नै बनाएको छ । यो स्पष्ट छ कि त्यसले नेपालप्रतिको आफ्नो साम्राज्यवादी रणनीति पूरा गर्न नै त्यस प्रकारको सरकार बनाएको हो । अमेरिकाको लागि नेपालको रणनीतिक महŒव छ । खास गरेर नेपाल तिब्बतको सिमामा रहेको हुनाले अमेरिकाका लागि नेपालको ठुलो रणनीतिक महŒव रहेको छ । अहिले संसारमा अमेरिका चीनका विरुद्ध चौतर्फी रूपले घेराबन्दी गर्न चाहन्छ । त्यसका साथै त्यसले तिब्बतमा दलाई लामाको पुनस्र्थापनाका लागि नेपालको भूमि प्रयोग गर्न चाहन्छ । त्यसैका लागि अमेरिकालाई नेपालमा आफ्नो कठपुतली सरकार चाहिएको हो । यो कुरा स्पष्ट छ कि अहिले नेपालमा कायम भएको अमेरिकाको कठपुतली सरकारले पूरै अमेरिकी साम्राज्यवादका लागि काम गर्दैछ । त्यस प्रकारको नीति स्पस्ट रूपले नेपालको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितका विरुद्ध छ । त्यस प्रकारको नीतिको नेपाली जनताले कडा प्रतिवाद गर्ने संभावनालाई अस्विकार गर्न सकिन्न । सरकारले झन्पछि झन् फासिस्ट रूप लिँदै जाने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने अवश्यकता छ ।

    आज विश्वमा युद्धको खतरा धेरै बढेर गएको छ । त्यस प्रकारको खतराको पछाडि मुख्य रूपले अमेरिकी साम्राज्यवाद नै जिम्मेवार छ । खास गरेर ट्रम्प अमेरिकाको राष्ट्रपति चुनिएपछि उनले संसारमा खुलेआम रूपमा नै जङ्गलको राज चलाइरहेका छन् । उनले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको समेत बेवास्ता गरेर संसार भरमा आफ्नो प्रभुत्व कायम गर्न प्रयत्न गरिरहेका छन् । ग्रिडल्यान्डमाथि कब्जा गर्ने, क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने, पनामा नहरमाथि कब्जा गर्नेजस्ता प्रयत्नबाट ट्रम्पले संसारभरमा जङ्गली राज चलाउन खोजेको कुरामा कुनै शङ्का रहन्न । भेनेजुयलाको राष्ट्रपतिको अपहरण र क्युबामाथि कब्जा गर्ने घोषणा तथा इरानको सत्तामा परिर्वतन गरेर त्यहाँको तेलमा कब्जा गर्ने र त्यहाँ भइरहेको आक्रमणमाथि विचार गर्दा अहिले संसार विश्व युद्धतिर बढ्दै ता गइरहेको छैन ? गम्भीर आशङ्का उत्पन्न भएको छ । आजको संसारमा विश्व युद्ध हुन्छ भने त्यसले आणविक युद्धको रूप लिने बढी सम्भावना रहनेछ र त्यो अवस्थामा सम्पूर्ण मानव जातिको नै विनाश हुने पनि खतरा रहनेछ । त्यो अवस्थामा युद्ध र फासिवादको विरुद्ध र विश्व शान्तिको पक्षमा अवाज उठाउनुपर्ने हाम्रो अन्तर्राष्ट्रिय दायित्व हुन्छ र हुनुपर्दछ ।

    आज पार्टीको स्थापना दिवस र लेनिन जयन्तीको अवसरमा उपयुक्त प्रकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमाथि ध्यान दिदै आफ्नो जिम्मेवारी पूरा गर्न हामीले प्रतिबद्धता प्रकट गर्नुपर्दछ ।”

    बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.