काठमाडौँ । बालेन सरकारले संविधान संशोधनका लागि संसद्भित्रका नौओटा दललाई प्रस्ताव आह्वान गरे पनि हालसम्म राष्ट्रिय जनमोर्चासहित दुई दलले मात्रै यस्तो प्रस्ताव बुझाएका छन् ।
Advertisement
राजमो महासचिव मनोज भट्टका अनुसार राजमोले २०८२ वैशाख ६ गते नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संशोधन प्रस्ताव बुझाइसकेको छ ।
राजमोबाहेक लोकतान्त्रिक समाजवादी पार्टीले पनि संविधान संशोधन प्रस्ताव बुझाएको छ ।
महासचिव भट्टका अनुसार बाँकी सात दलले समयमै प्रस्ताव नबुझाएपछि वैशाख १० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बोलाइएको छ ।
अन्य सात दलले संविधान संशोधनमा तदारुकता देखाएका छैनन् । उनीहरूले विस्तारै यस विषयमा छलफल अगाडि बढाउन थालेको बुझिएको छ ।