काठमाडौँ । नेकपा (मसाल) केन्द्रीय कार्यालयले अठहत्तरौँ नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा भ्लादिमिर लेनिनको एक सय सन्ताउन्नौँ जन्मजयन्ती मनाउने भएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय भवनको सभाकक्षमा २०८३ वैशाख ९ गते बुधबार (अप्रैल २२) दिउसो सो कार्यक्रम आयोजना गरिएको हो ।
मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीका अनुसार देशैभरि सो दिवस मनाउने क्रममा काठमाडौँमा पनि सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा मसालसँगै राजमो तथा मसालसम्बद्ध जनवर्गीय सङ्गठनका प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।