इस्तानबुल (टर्की), ६ वैशाख । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुस बीच शिष्टाचार भेट बीच नेपालमा टर्किस दूतावास खोल्नका लागि माग गरेका छन् ।
Advertisement
अन्तर व्यवस्थापिका संघ (आइपियू) को १५२ औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहेका अध्यक्ष दाहालले टर्कीको संसदका सभामुख नुमान कुर्तुल्मुस सँग शिष्टाचार भेट गरेका हुन ।
भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको थियो।