• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जनजाति सम्मेलनको चालिसौँ स्थापना दिवस मनाइयो


  •   बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनको चालिसौँ स्थापना दिवस मनाइएको छ ।

    Advertisement

    सम्मेलनको बागमती प्रदेश समितिको आयोजनामा २०८३ वैशाख ३ गते बिहीबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयको सभाकक्षमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा उहाँले विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।

    सो क्रममा २०४४ सालमा नेकपा (मसाल) ले आदिवासी जनजाति र दलित जातिको एउटै सङ्गठन बनाएको स्मरण गर्नुभयो ।

    ‘२०४४ सालमा अखिल नेपाल जनजाति दलित सङ्घ स्थापना भएको एक वर्षभित्रै जनजाति र दलित जातिका बेग्लाबेग्लै केन्द्रीय न्युक्लस गठन भए’ उहाँले भन्नुभयो– ‘संयुक्त सङ्गठन बनाए पनि जनजाति र दलितका बेग्लाबेग्लै समस्या रहेको व्यावहारिक रूपमा महसुस भएपछि त्यस्तो गरिएको थियो ।’

    राजमो केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले जनजाति सम्मेलनले जातिवादका विरुद्ध सङ्घर्ष गर्दै आएकोमा हर्ष व्यक्त गर्नुभयो ।

    गत सालको जेनजी आन्दोलन र फागुन २१ गतेको चुनावपछि देश गम्भीर अवस्थामा पुगेको बताउँदै उहाँले त्यसको प्रमाणको रूपमा जनवर्गीय सङ्गठन तथा ट्रेड युनियनमाथिको प्रतिबन्धको उदाहरण दिनुभयो ।

    त्यस्तै अर्थमन्त्रीको नवउदारवादी सिद्धान्तअनुसार बजेट ल्याउने अभिव्यक्तिको आलोचना गर्दै उहाँले नेपालको संविधान–२०७२ ले मिश्रित अर्थनीति स्वीकार गरेको स्मरण गर्न सरकारलाई आग्रह गर्नुभयो ।

    जनताको आन्दोलनले नै सरकारका गलत नीतिलाई नियन्त्रण गर्ने उहाँको भनाइ थियो ।

    ‘जनता सचेत हुनुपर्दछ, जनताको आन्दोलनले नै सरकारका गलत नीतिलाई सच्याउन सक्दछ’ शर्माको भनाइ थियो ।

    कार्यक्रममा मन्तव्य राख्दै अर्का वक्ता मसालका ३ नम्बर ब्युरो प्रवक्ता समीर सिंहले जनजाति आन्दोलनले नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनमा भूमिका खेलेको धारणा राख्नुनभयो ।

    उहाँले भन्नुभयो– ‘आदिवासी जननजातिको पहिचान मात्रै ठुलो कुरो होइन, सामाजिक र राजनीतिक परिवर्तन ठुलो कुरा हो । नेपालमा आदिवासी जनजाति त्यस दिशामा क्रियाशील हुुनपर्दछ ।’

    उहाँले जनजाति र दलित जाति मिलेर क्रान्तिक्रारी कम्युनिस्ट आन्दोलनमा योगदान दिनुपर्ने बताउनुभयो ।

    त्यस क्रममा जनजाति आन्दोलनमा डलरको प्रभाव कमजोर बनाउनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    प्रकाश थापामगरको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा राजमो महासचिव मनोज भट्ट, जनजाति सम्मेलनका सचिवालय सदस्य धनवीर पुन, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय कोषाध्यक्ष केबी घले, राजमो केन्द्रीय सदस्य सुधा शर्मा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य सगर सुवेदी र युगदर्शन मिडियाका व्यवस्थापक हरिकान्त शर्माको आतिथ्य रहेको थियो ।

    त्यसैगरी अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) केन्द्रीय समितिका प्रदीप प्रधान, मसालका काठमाडौँ प्रवक्ता जगत्प्रसाद रेग्मी, राजमो काठमाडौँका नेता छविलाल गैरे र अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) काठमाडौँका मदन पाण्डेको पनि आतिथ्य रहेको थियो ।

    बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.