काठमाडौँ । राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिले स्मृतिशेष टंक गौतमप्रति श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले चैत ३० गते शोक वक्तव्य जारी गरी टंक गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै नेपालीले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
शोक वक्तव्यमा लेखिएको छः
‘मोरङ जिल्ला, विराटनगर महानगरपालिका–१५ निवासी, हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार कामरेड टंक गौतमको २०८२ चैत्र २९ गते निधन भएको छ । कामरेड गौतमले निरन्तर पार्टीमा प्रतिबद्ध रहँदै निष्ठापूर्वक जिम्मेवारी पूरा गरिरहनु भएको थियो । उहाँको निधनबाट हाम्रो पार्टी, संगठन र क्रान्तिकारी आन्दोलनमा गम्भीर क्षति पुग्न गएको छ ।
हामीले कामरेड टंक गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’