काठमाडौँ । प्रधानमन्त्री बालेन साहको मन्त्रीमण्डमा रहेका कैयौँ मन्त्रीहरूको प्यान नम्बरसमेत नलिएको पाइएको छ ।
Advertisement
करोडौंको सुन, क्यास ब्यालेन्स, जग्गा र सेयर कारोबार भएका उनीहरूमध्ये कतिपयले कर बुझाउने प्रयोजनका लागि स्थायी लेखा नम्बर प्यान नम्बरसमेत नलिएको पाइएको छ ।
यसरी मन्त्रीहरूले नै प्यान नम्बर समेत नलिनुको अर्थ उनीहरूको कारोबारबाट कर तिरिएको छैन भन्ने पुष्टि हुन्छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, उद्योगमन्त्री गौरीकुमारी यादव र श्रममन्त्री रामजी यादवले कर प्रयोजनका लागि आवश्यक स्थायी लेखा नम्बर प्यान सम्पत्ति विवरणमा उल्लेख गरेका छैनन् ।