काडमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गरेकै भरमा एक जना युटुबर पत्रकार पक्राउ परेका छन् ।
Advertisement
प्रहरीले पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युटुवर रोशन पोखरेललाई ‘मलाई बोल्न दे सरकार’ भन्दै प्रधानमन्त्री बनेका वालेन्द्र साहको आलोचना गरेका कारण नियन्त्रणमा लिएको हो ।
‘एचएडिएस’ नामक युटुब च्यानल चलाउने पोखरेललाई साइबर ब्यूरोको अनुसन्धानका आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।
उनले उक्त भिडिओ च्यानलबाट हटाए पनि साइबर अपराधमा मुद्दा चलाउने तयारी छ । उनीमाथि प्रम वालेन्द्रविरुद्ध अपशब्द प्रयोग गरी अपमानजनक सामाग्री बनाएको आरोप लगाइएको छ ।
समसामायिक घटनाक्रमलाई मानिसले कसरी सोच्छ भन्ने आशयको कन्टेट बनाउँदै आएका पोखरेलले रास्वपा सभापति रवि लामिछानेको समेत चर्को आलोचना गरेको पाइन्छ ।