काठमाडौं । बालेन शाह प्रधानमन्त्री भएलगत्तै पक्राउ परेका हाइप्रोफाइल व्यक्तिहरू धमाधम छुटेका छन् ।
सुरुमै पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक आज चैत २६ गते छुटेका छन् । उनीहरूलाई उनीहरू जेनजी आन्दोलनमा दमन गरेको घटनामा पक्राउ गरिएको थियो ।
छवि रिजाल
१७ चैतमा मत्रै काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा पक्राउ परेकै दिन छुटेका थिए । रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । तर, उनी पक्राउ परेकै दिन रिहा भए ।
रेखा शर्मा
पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा पनि छुटिन् । १५ चैत कै राति एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ परेकी थिइन् । उनले एक बालिकालाई घरमा राखेर बालश्रम शोषण गराएको आरोप लागेका थियो । १५ चैतमा पक्राउ परेकी उनी २२ चैतमा छुटेकी थिइन् ।
शंकर अग्रवाल
पक्राउ परेका अर्का उच्चपदस्थ शंकर अग्रवाल पनि रिहा भएका छन् । सम्पत्ति शुद्धीकरण विभागले उनलाई छाडेको हो । बयानको काम सकिएको भन्दै उनी २२ चैतमा नै अग्रवाल रिहा भएका थिए ।
यो सबै घटनाक्रमले यो स्पष्ट हुन्छ कि सरकारको सत्तामा आसिन नेतृत्वमा राजनीतिक संस्कार व्यवहारिक पक्ष कमजोर रहेको छ । त्यसका साथै शासकमा रहेको धैर्यताको कमीको कारण देशको राजनीतिक भविष्य अन्धकारतर्फ धकेलिने त सम्भावनालाई अस्वीकार गर्न सकिंदैन ।