काठमाडौँ । सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । सार्वजनिक यातायातको भाडामा २१ प्रतिशत वृद्धि भएको हो । हिंजो मात्रै नेपाली जनताको टाउकोमा ८५ अर्ब ऋण थपेको बालेन सरकारले आज सार्वजनिक यातायातमा भाडा वृद्धिले अर्को उपहार दिएको हो ।
Advertisement
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भाडा वृद्धि गरेको हो ।
पछिल्लो समय कच्चा तेलको मूल्य अत्याधिक वृद्धि भएको बताउँदै नेपालमा पनि इन्धनको मूल्यमा इजाफा गरिएको छ । योसँगै यातायात व्यवसायीहरूले भाडा बढाउन माग गर्दै आएका थिए ।
विभागका अनुसार यात्रुवाहक तर्फ १६.७१ प्रतिशत भाडा बढेको छ । मालवाहक तराई १५.७५ प्रतिशत भाडा वृद्धि भएको छ भने, पहाड तर्फ २१.६८ प्रतिशतले वृद्धि भएको छ ।