• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

लोककल्याणकारी विज्ञापनमा चलाइएको कैँची


  •   बुधबार, चैत २५, २०८२ मा प्रकाशित
  • सरकारले छापापत्रपत्रिकालाई प्रेस काउन्सिलले गरेको वर्गीकरणको आधारमा आर्थिक सहुलियत दिँदै आएको छ । त्यो रकम प्रभावकारी छैन । त्यो रकमलाई दोब्बर वृद्धि गर्नुपर्ने माग छँदैछ । त्यसका साथै काठमाडौँ मात्रै होइन, मोफसलमा पनि र साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन दिइनुपर्ने माग पनि उठेको छ । त्यसैगरी सरकारले आफ्‌ना सम्पूर्ण विज्ञापन समानुपातिक प्रकारणले निजी क्षेत्रलाई पनि वितरण गर्नुपर्ने माग सरोकारवालाले गर्दै आएका छन् । यसैबिच गत चैत १८ गते भने सरकारले सचिवस्तरीय निर्णय गर्दै लोककल्याणकारी विज्ञापन बन्द गर्‍यो । अब सरकारी विज्ञापन सरकारी स्वामित्व रहेको गोरखापत्र दैनिक, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मात्रै दिने भनियो । सरकारको यस्तो निर्णय विरुद्ध सञ्चारमाध्यम र पत्रकारले आफ्‌नो असहमति दर्ता गराइसकेका छन् ।

    Advertisement

    सरकारले अहिले जुन कदम उठायो, त्यसको एउटा पक्ष विचारणीय छ । कैयौँ सरकारी कार्यालयले विज्ञापन वितरणमा प्रशस्त अनियमितता गरेका छन् । विज्ञापन दिँदा उनीहरूले नै कमिसन खाने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धानसम्मै पुगेको छ । प्रत्येक वर्ष करोडौँ रुपियाँ विज्ञापनबापत अनियमितता भएको सूचना बाहिरिएका छन् । यसमा सत्यता पनि छ । स्वयम् सरकारी कर्मचारीले नै आफूखुसी विज्ञापनबाट कमिसन खाने विकृतिलाई तत्कालै रोकिनुपर्दछ । त्यसका लागि सरकारले ठोस निर्णय गर्नुपर्दछ तर लोककल्याणकारी विज्ञापनको विषय फरक हो । विज्ञापन बोर्डले उपलब्ध गराएको लोककल्याणकारी विज्ञापन वर्गीकरणमा परेका पत्रपत्रिकाले प्रकाशन गर्ने र विज्ञापन बोर्डमार्फत सिधै सञ्चारमाध्यमको खातामा रकम भुक्तानी गर्ने प्रचलन यहाँ छ । पक्कै पनि विज्ञापन बोर्डले केही प्रतिशत कर आफैले कट्टी गरेकोमा विरोधमा आवाज छन् । गुनासाका अन्य पाटा पनि होलान् । त्यसका बाबजुद लोककल्याणकारी विज्ञापन रोक्नैपर्ने गरी विकृति यस क्षेत्रमा देखा परेका छैनन् । त्यसैले सरकारी कार्यालयले विज्ञापन दिने गरेको विकृतिसँग लोककल्याणकारी विज्ञापनलाई जोड्नु आवश्यक छैन भन्ने स्पष्ट नै छ ।

    ठुला व्यावसायिक सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन आवश्यक नहोला; जस्तो कि कतिपय सञ्चारमाध्यमले यस्तो बताउँदै आएका पनि छन् । खासगरी साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन आवश्यक छ । खालि ती मिडियालाई बचाउनका लागि मात्रै होइन, सरकारले भाषा, साहित्य, कला र संस्कृतिको रक्षाका लागि यस्तो गर्नु आवश्यक छ । अहिले सरकारी सञ्चारमाध्यमले नै प्रत्येक दिन दुईओटा भाषिक पृष्ठ प्रकाशन गर्दै आएको छ तर गोरखापत्रमा दुई पृष्ठ प्रकाशन गरेर मात्र सरकारको सामाजिक कर्तव्य पूरा हुन्न । त्यसैले लोककल्याणकारी विज्ञापनमार्फत् थोरै भए पनि योगदान गर्नुपर्ने आवाज उठेको र सोहीअनुसार सरकारले विज्ञापन बोर्डमार्फत् लोककल्याणकारी विज्ञापन वितरण गर्न थालेको हो । यो प्रावधानले साना तथा स्वरोजारमूलक मिडियालाई थोरै भए पनि आर्थिक सहयोग उपलब्ध गराउँछ ।

    संविधानमा मिश्रित अर्थतन्त्र लिपिबद्ध गरिएको छ । त्यसको अर्थ हो– सार्वजनिक, सहकारी र निजी तीनैओटा स्वामित्व देशको अर्थतन्त्रका खम्बा हुन् । त्यसैअनुसार सञ्चारको क्षेत्रमा पनि सरकारले आफ्‌नो दायित्व निर्वाह गर्नुपर्दछ । त्यस क्रममा निजी क्षेत्रका साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई दिने गरिएको सहयोग यथावत् राख्नुपर्दछ । त्यति मात्रै होइन, अहिलेको लोककल्याणकारी विज्ञापनबापतको रकमलाई दोब्बर बनाइनुपर्दछ; सम्पूर्ण सरकारी विज्ञापन समानुपातिक प्रकारले सबैलाई वितरण गरिनुपर्दछ र राजधानीबाहिरका समेत साना र स्वरोजगारमूलक मिडियाप्रति समान व्यवहार गरिनुपर्दछ । सरकारले मिडियालाई स्वाभाविक रूपमा व्यवहार गर्नुपर्दछ किनकि प्रेस स्वतन्त्रता भनेको नागरिक स्वतन्त्रताको अर्को रूप हो । स्वतन्त्र प्रेसमार्फत नै नागरिक स्वतन्त्रता, मौलिक तथा मानवअधिकार अभिव्यक्त हुन्छ । प्रेस कमजोर भयो भने नागरिक स्वतन्त्रता पनि कमजोर बन्दछ र नागरिक स्वतन्त्रता कमजोर हुनु भनेको लोकतन्त्र समाप्त हुनु हो । यस्तो स्थिति कुनै पनि अवस्थामा आउन दिनुहुँदैन ।

    युगदर्शन साप्ताहिक वर्ष १७, अंक ३०

    बुधबार, चैत २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.