• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रस्तावित ४५ दिने युद्धविरामबारे मसाल : त्यो इरानमाथि पुन: आक्रमण गर्ने अमेरिकी योजना हो


  •   मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले अमेरिकाद्वारा प्रस्तावित ४५ दिने युद्धविरामको प्रस्तावलाई पुन: इरानमाथि आक्रमण गर्ने योजना भएको स्पष्ट पारेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ चैत २४ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो ।

    ४५ दिने युद्धविरामको प्रस्ताव स्वीकार नगरेकोमा तत्कालै भयानक आक्रमण गर्ने अमेरिकी धम्कीका विरुद्ध इरानी जनताको अडानलाई मसालले स्वागत गरेको छ । वक्तव्यमा इरानको जितको कामना गरिएको छ ।

    इरानलाई ढुङ्गेयुगमा पुर्‍याइदिने अमेरिकी धम्कीको सन्दर्भमा मसालले स्वयम् अमेरिकामा ट्रम्प विरुद्धका तीव्र असन्तोष तथा विश्वका विभिन्न देशको अमेरिकासितको अन्तरविरोधले परिस्थिति फरक हुने मसालको विश्लेषण रहेको छ ।

    ग्रिनल्यान्ड, पनामा नहर, क्युबा, क्यानडामाथि कब्जा गर्ने अमेरिकी घोषणा तथा रुस, चीन, भारत, उत्तर कोरियाजस्ता मुलुकसितको अन्तरविरोधलाई मसालले स्मरण गरेको छ ।

    अमेरिकी युद्धले आणविक युद्धको खतरा प्रबल रहेको स्पष्ट पार्दै मसालले विश्वशान्तिको पक्षमा आवाज उठाउन विश्वका जनतासित अपिल गरिएको छ ।

    यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ :

    “अमेरिकाले इरानमाथि भोलि भयानक प्रकारले आक्रमण गर्ने र इरानलाई पूरै नै तहसनहस पार्ने धम्की दिएको छ । अमेरिकाले इरानलाई ४५ दिनको युद्धविरामको प्रस्ताव दिएको छ र त्यसलाई स्वीकार नगरेमा भिषण आक्रमण गर्ने चेतावनी दिएको छ । त्यो आक्रमण खालि सैनिक क्षेत्रमा मात्र नभएर नागरिक क्षेत्रमा पनि हुने बताएको छ । अमेरिकाले पहिले इरानमाथि आक्रमण गरेर त्यसलाई ढुङ्गेयुगमा पुर्‍याइदिने धम्की दिएको थियो । अब त्यो धम्की अरू उग्र रूपमा अगाडि आएको छ ।

    इरानले अमेरिकाको ४५ दिनको युद्धविरामको प्रस्तावलाई सिधै अस्वीकार गरेको छ र त्यसको ठाउँमा पूरै युद्ध बन्द गर्ने प्रस्ताव राखेको छ । यो कुरा बुझ्न गाह्रो पर्दैन कि अमेरिकाको ४५ दिने युद्धविरामको प्रस्ताव पुन: अरू ठुलो आक्रमणका लागि समय लिनु नै हो । त्यसकारण त्यसले वास्तवमा कुनै अर्थ राख्दैन । त्यसको बदलामा इरानले पूरै युद्ध बन्द गर्नुपर्ने जुन प्रस्ताव राखेको छ, त्यो बढी तर्कसङ्गत र न्यायसङ्गत पनि छ । पहिले कतिपय पल्ट त्यस प्रकारका युद्धविरामपछि अमेरिका वा इजरायलले पुन: इरानमाथि आक्रमण गरेका थिए । गाजापट्टीमा गरिएका युद्धविरामपछि पनि बारम्बार पुन: आक्रमण गर्ने गरिएको थियो । त्यसरी यो स्पस्ट छ कि युद्धविरामको प्रस्तावका पछाडि वास्तवमा शान्ति कायम गर्ने होइन, युद्धलाई अरू उच्च रूप दिनु नै हो । त्यसैले त्यो युद्धको वास्तविक समाधान होइन । त्यसैले त्यसको जबाफमा युद्धलाई पूरै समाप्त गर्ने इरानले जुन प्रस्ताव राखेको छ, त्यसको औचित्यता स्पष्ट छ ।

    अमेरिकाले अहिले संसारका कैयौँ देशलाई कब्जा गर्ने वा त्यहाँ आक्रमण गर्ने नीति अपनाइरहेको छ । त्यसले ग्रिनल्यान्डलाई कब्जा गर्ने, क्यानडालाई अमेरिकाको एकाउन्नौ राज्य बनाउने वा पनामा नहरमा आधिपत्य कायम गर्नेजस्ता आक्रामक नीतिको घोषणा गरिरहेको छ । त्यसले भेनेजुयलाका राष्ट्रपतिलाई अपहरण गरेको छ र क्युबामाथि पनि आक्रमण गर्ने घोषणा गरेको छ । अमेरिकाको आडमा नै इजरायलले खाडीका कैयौँ देशमा आक्रमण गर्ने गरेको छ र साढे ७ दशकदेखि प्यालेस्टाइनको भूमिमा कब्जा गरेको छ । त्यसले गाजामा करिब ७० हजार नागरिक—जसमा ठुलो सङ्ख्यामा महिला र केटाकेटी पनि छन्—को नरसंहार गरेको छ । त्यस प्रकारका युद्ध अपराधका लागि अन्तर्राष्ट्रिय अदालतले उसलाई युद्ध अपराधी घोषित गरेर त्यसका नाममा पक्राउ पुर्जी पनि जारी गरेको छ । त्यसले अहिले पनि अमेरिकाको मदतमा इरानमाथि लगातार आक्रमण गरिरहेको छ ।

    ट्रम्पको त्यस प्रकारका आतङ्कवादी नीतिका विरुद्ध त्यसको सम्पूर्ण विश्वसित नै अन्तरविरोध बढेर गएको छ । रुस, चीन र उत्तर कोरियाजस्ता देशसित मात्र होइन, स्वयम् भारतसित पनि त्यसको अन्तरविरोध बढेर गएको छ । स्वयम् नाटोका देशसित पनि त्यसको अन्तरविरोध तीव्र बन्दै गइरहेको छ । अमेरिकामा ट्रम्पको युद्धनीतिका कारणले स्वयम् सेनामा पनि त्यसका विरुद्ध आक्रोश बढ्दै गइरहेको छ र त्यसको परिणामस्वरूप सेनाका कैयौँ उच्चपदस्त अफिसरले सेनाबाट राजीनामा दिने काम गरिरहेका छन् वा ट्रम्पले उनीहरूलाई अपदस्त गर्दै गइरहेका छन् । अमेरिकामा ८०/९० लाख जनता अमेरिकाका विरुद्ध प्रदर्शनमा उत्रेका छन् र उनका विरुद्ध महाअभियोगको प्रस्ताव ल्याउने कुरा पनि जोडदार रूपले उठिरहेको छ । त्यसरी जुन ट्रम्पले इरानलाई ढुङ्गेयुगमा पुर्‍याइदिने कुरा गरिरहेका छन्, स्वयम् उनको स्थिति नै सम्पूर्ण विश्वमा र स्वयम् अमेरिकामा पनि कमजोर हुँदै गएको कुरा तथ्यले बताउँछन् ।

    यसका लागि हामीले इरानी जनतालाई बधाई दिन्छौँ कि उनीहरूले अमेरिकाको त्यस प्रकारको साम्राज्यवादी आतङ्कको वीरतापूर्वक प्रतिरोध गरिराखेका छन् । वास्तवमा उनीहरूको अमेरिकी साम्राज्यवादको युद्ध खालि इरानको मात्र होइन, सम्पूर्ण विश्वका जनताको साम्राज्यवाद विरुद्ध युद्धको अभिन्न अङ्ग हो । त्यसकारण त्यसलाई समर्थन गर्नु सम्पूर्ण विश्व र नेपालका जनताको पनि अन्तर्राष्ट्रिय दायित्व हुन्छ । हामीलाई विश्वास छ, अन्त्यमा अमेरिकी साम्राज्यवादको पराजय हुनेछ र त्यो पराजयले सम्पूर्ण विश्वलाई विश्वयुद्ध र आणविक युद्धबाट पनि बचाउनेछ ।

    अहिले इरानी जनताबाट लगातार पराजयको सामना गरिरहेको अमेरिकाले इरानलाई ढुङ्गेयुगमा पुर्‍याउन आणविक बमको पनि प्रहार गर्ने त होइन ? त्यो आशङ्का पनि धेरैतिर उठाउने गरिएको छ । यदि त्यसो भएमा विश्वमा आणविक युद्ध सुरु हुनेछ र त्यसबाट सम्पूर्ण मानवजातिलाई ठुलो क्षति पुग्नेछ । त्यस प्रकारको कुनै प्रयत्नका विरुद्ध तथा विश्व शान्तिको पक्षमा पनि विश्वव्यापी रूपमा आवाज उठाउनु अहिलेको अन्तर्राष्ट्रिय आवश्यकता भएको छ, सायद विश्व इतिहासको नै मानवजातिको सबैभन्दा ठुलो आवश्यकता । वास्तवमा अहिले इरानी जनताले जीवनमरणको लडाइँ लडिरहेका छन् । उनीहरूको त्यस प्रकारको लडाइँ सम्पूर्ण विश्वको जीवनमरणको लडाइँ बन्न पुगेको छ । त्यसकारण हामीले इरानी जनताको विजयको हार्दिक कामना गर्दछौँ ।”

    मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.