बुटवल । रक्तिम सांस्कृतिक अभियान रुपन्देहीको जिल्ला भेला सम्पन्न भएको छ । २०८२ चैत्र २१ गतेका दिन सम्पन्न सो भेलाको अध्यक्षता दिलिप रसाइलीले गर्नुभएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष गिरिप्रसाद बुढाको प्रमुख आतिध्यतामा गर्नुभएको थियो ।
त्यस्तै भेलामा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशको कार्यालय सचिव भिमलाल न्यौँपाने, अखिल नेपाल युवक संघ रुपन्देही जिल्लाका अध्यक्ष मिलन पोख्रेल, राष्ट्रिय जनमोर्चा देवदहका हरि के.सी.लगायतको आतिथ्यता रहेको थियो ।
भेलाले दिलिप रसालीको अध्यक्षतामा १५ सदस्यीय रुपन्देही जिल्ला समितिको गठन गरेको छ ।
जसमाः सचिव– सचित्र के.सी र कोषाध्यक्षमा– क्षितिजा राहादी चयन हुनुभएको छ । यसैगरी अन्य सदस्यहरूमा क्रमशः मिना बुढाथोकी, सिता बस्याल, तेजेन्द्र थापा, रिता पुन, कमला के.सी., पुजा थापा, दिपा रजाली, मनिषा बुढा मगर, सृष्टि पुन, सन्ध्या ढकाल, बासना मगर र किरण थापा रहनु भएको छ ।