काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेपछि युवाहरू पेट्रोलको र डिजेलको मुल्य घटाउन माग गर्दै युवाहरूले आज चैत २२ गते माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
Advertisement
निगमको पछिल्लो सूचनाअनुसार पेट्रोलको प्रतिलिटर मुल्य रु. २०२, डिजेल र मट्टितेलको रु. १७२ पुगेको अवस्था छ । तेलको मुल्य बढेसँगै स्वतः दैनिक उपभोग्य सामानको मुल्य समेत बढेको युवाहरूको अनुभव छ ।
‘अहिले विश्व बजारमा छाएको उर्जा संकटको कारण तेलको मुल्य बढेको हामीले बुझेका छौँ, तर प्रतिलिटर १५ को दरले बढाउनु मात्रै अन्तिम विकल्प होइन’, एक युवाले भने– ‘६ प्रकारका कर सामान्य हेरफेर गर्ने हो भने जनतालाई सहुलियत मुल्यमा तेल दिन सकिन्छ, सरकारको ध्यानाकर्षण गर्न सकडमा आएका हौँ ।’

