रुपन्देही । राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला समिति अन्तर्गत तिलोत्मा नगर समितिले फागुन २१ गते सम्पन्न प्रनितिधिसभाको निर्वाचनको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
नगर अध्यक्ष हर्कबहादुर टण्डनको अध्यक्षता तथा नगेन्द्रराज श्रीनेतको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सल्लाहकार लिला बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै राजमो जिल्ला समितिका कावा अध्यक्ष इन्दीरा ज्ञावली, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लालचन्द पन्थ, राजमो जिल्ला सदस्य धनु पाण्डे, किसान महासंघका केन्द्रीय सदस्य रुक बहादुर पराजुली र शिवराम घिमिरेले लगायतले अतिथि आसनग्रहण गर्नुका साथै मन्तव्य दिनुभएको थियो ।

