काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ विद्यादेवी तिमिल्सेनाले समानुपातिक सूचीको पहिलो नम्बरमा रहेर पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचन आयोगले निर्वाचित नगराएको भन्दै सर्वोच्च अदालतमा रिट दिएकी छन् ।
Advertisement
तिमिल्सेनाले दायर गरेको रिट आउँदो चैत २५ गते प्रारम्भिक सुनुवाइका लागि संबैधानिक इजलासमा पेसी तोकिएको छ ।
समानुपातिक सूचीको खस आर्य महिला क्लस्टरबाट पहिलो सूचीमा रहेको महिला कलस्टर पन्छाएर पुरुषबाट समानुपातिक सूचीको ७औँ नम्बरमा रहेका कालिबहादुर सहकारीलाई कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन आयोगमा पठाएको थियो ।
पार्टी वृत्तमा तिमिल्सेनाले खड्का गुटलाई समर्थन गरेको कारण उनलाई समानुपातिक सूचीको पहिलो नम्बरमा रहेर पनि प्रतिनिधिसभा सदस्यका लागि सभापति गगन थापाले निर्वाचन आयोगमा सिफारिस नगरिएको बजारमा चर्चा छ ।