काठमाडौँ । समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय जनमोर्चाले गरेको सम्पूर्ण खर्च विबरण सार्वजनिक गरेको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम आज चैत १८ गते पार्टीका महासचिव मनोज भट्टले सार्वजनिक गरेको सो खर्च विबरणमा रु. छ लाख २२ हजार तीन सय ३० रुपियाँ खर्च विबरणमा उल्लेख छ ।
जमाः धरौटी जम्मा रु. ५० हजार, डिजिटल प्रसार प्रसार रु. ३५ हजार, पर्चा सहयोग रसिद लगायत समानुपातिक पुस्तिका प्रकाशित गर्न रु. २७ हजार छ सय, घोषणा पत्र छपाई रु. ११ हजार तीन सय, भिजिटिङ कार्ड छपाई रु. १५ हजार पाँच सय, गाडि तथा इन्धन खर्च रु. ४४ हजार ५०, यातायात खर्च रु. १२ हजार दुई सय ६०, कार्याकर्ता परिचालन रु. ७६ हजार पाँच सय २०, जम्मा रु. ६,२२,३३०/– रहेको छ ।
