• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

म किन ईरानको पक्षमा छु ?


  •   बुधबार, चैत १८, २०८२ मा प्रकाशित
  • यो प्रश्न जति सरल छ, यसको जवाफ त्यति नै जटिल । सतही रूपमा बुझेको वा बुझाइएको सामान्य विश्लेषणले ईरानको पक्षमा हुनुपर्ने गहिराईलाई मापन गर्न सकिंदैन । हामीले त्यहि मात्रै थाह पायौँ, जुन जर्ज सोरस फण्डेड दलाल मिडिया र भारतीय गोदी मिडियाले देखाए, अनि पश्चिमा विश्लेषकहरूले बुझाए ।

    Advertisement

    हामीले देख्यौँ, एमसिसी र एसपिपी नेपालको हितमा छ भनेर ब्याख्या गर्ने दलाल बुद्धिजीवी वर्ग, त्यसलाई सदनबाट पारित गराउने बिकाउ संसद, त्यसको पक्षमा लेख्ने कतिपय मिडिया र राष्ट्रको हितमा नभए चारपाटा मुडेर थानकोट कटाइयोस् भन्ने केही नेताहरूले जनताको कसरी ब्रेनवास गरेका थिए ।

    अन्तर्राष्ट्रिय परिचय–पत्र र इम्बोस्ट नम्बरप्लेट योजना किन ल्याइयो र किन अनिवार्य गरियो भन्ने कुरा धेरैलाई अझैसम्म थाह छैन । राष्ट्रिय परिचय–पत्र बनाउँदा हातको सबै औँलाका छापदेखि आँखाको रेटिनासम्म किन स्क्यान गराइयो ? धेरैले बुझेका छैनन्, न त कोहि बुझाउनेवाला छन् । अझै राष्ट्रिय परिचय–पत्रलाई अनिवार्य र बाध्यकारी बनाउन स्वास्थ्य विमासँग जोडिदैछ र यो प्रस्ताव पास भैसकेको छ । अर्थात्, जसको राष्ट्रिय परिचय–पत्र छैन, उसको स्वास्थ्य विमा हुँदैन । सरकारले आफ्‌नै नागरिकलाई पनि नागरिकताको आधारमा विमा गर्दैन र उपचार सेवा दिदैन ।

    मैले ईरान विरुद्धको इजरायल र अमेरिकाको युद्धसँग यी कुराहरू जोड्नुको कारण निकै गहिरो छ, त्यो कारणको विषयमा बोल्नहरूको कमि छ । कसैले बोल्ने कोशिस गरेमा पश्चिमाद्वारा नियन्त्रित गुगल, मेटा संयन्त्रले ‘कन्स्पिरेसी थेउरी’ भन्छ र त्यस्ता पोस्टहरू अटोमेटिक डिलिट गर्दिने, वार्निङ दिने, मोनिटाइजेशन रोक्ने वा प्रोफाइल नै उडाइदिन सक्छ । त्यस्ता कुरामा बोल्नेहरूमाथि व्यक्तिगत सुरक्षाको खतरा पनि आइलाग्नसक्छ ।

    हामी ईरानको पक्षमा वा अमेरिका–इजरायलको पक्षमा रहनुभन्दा अगाडि यो युद्ध किन भैरहेको छ ? कसले गराइरहेको छ र युद्ध गराउनेको भित्री उद्देश्य के हो भन्ने बुझ्न जरुरी हुन्छ ।

    यो कुरा बुझ्नको निम्ति सबैभन्दा पहिला ‘न्यु वर्ल्ड अर्डर’ बारे बुझ्नुपर्ने हुन्छ र त्यो भित्रको एजेण्डा २१/२०३० बारे जानकारी लिनु जरुरी हुन्छ । ‘न्यु वर्ल्ड अर्डर’को एजेण्डा २१/२०३० को अवधारणा के के छन् ? त्यो एजेण्डाका योजनाकार समुह को हुन् र उनीहरूको उद्देश्य के हो भन्नेकुरा बुझ्नु जरुरी हुन्छ ।

    यत्ति बुझिसकेपछी बल्ल कथित महामारी, कथित अन्तर्राष्ट्रिय परिचय–पत्र, कथित इम्बोस्ट नम्बर प्लेट र तिनीहरूको बाध्यकारी अनिवार्यताबारे बुझ्न सकिन्छ । हामीले ५–६ बर्षदेखी यहि कुरा बुझाउने कोशिस गर्यौं तर धेरैले पत्याएनन् । धेरैलाई यी कुराहरू ‘कन्स्पिरेसी थेउरी’ लागे, तर वास्तविकता अहिले सबैको सामु देखापरिरहेको छ ।

    कथित ‘दिगो विकास योजना’को नाममा ल्याइएको ‘एजेण्डा २१/३०’ लाई नेपाल सरकारले पनि सन् २०३० सम्म पूरा गर्ने सम्झौतामा हस्ताक्षर गरिसकेको छ र त्यो एजेण्डा अनुसार नै नेपाल सरकारले कार्ययोजनाहरू अगाडि बढाइरहेको छ । कथित महामारीको नाममा लकडाउन योजना, कथित खोपको अनिवार्यता, अराष्ट्रिय परिचय–पत्रको अनिवार्यता, इम्बोस्ट नम्बर प्लेटको अनिवार्यता जस्ता कुराहरू त्यही एजेण्डाका कार्ययोजनाहरू हुन् ।

    ‘न्यु वर्ल्ड अर्डर’ अर्थात् ‘नयाँ विश्व ब्यवस्था’ को मुख्य तथा सबैभन्दा खतरनाक एजेण्डा भनेको ‘विश्व जनसंख्या नियन्त्रण’ हो । त्यस अन्तर्गत जनसंख्या नियन्त्रणका अनेकौँ उपायहरू अपनाइने छन् । जसमा कथित महामारी, कथित जलवायु परिवर्तन (अप्राकृतिक बाढी पहिरो), डढेलो, कृत्रिम भुकम्प, हवाई दुर्घटना, कथित उल्कापिण्ड, भोकमरी, बेरोजगारी जस्ता अनेकौँ कुराहरू छन् । जसका कारण मानिसहरूको मृत्यु हुने र जनसंख्या नियन्त्रण हुनेछ । त्योसंगै जोडिएको अर्को जनसंख्या नियन्त्रणको उपाय द्विदेषिय वा बहुदेषिय युद्ध पनि हो, जुन अहिले भैरहेको छ । रूस–युक्रेन युद्ध, इण्डिया–पाक युद्ध, पाक–अफगानिस्तान युद्ध होस् वा अमेरिका इजरायलको संयुक्त ईरान युद्ध होस् त्यही योजना अनुसार नै भएका हुन् ।

    ‘नयाँ विश्व व्यवस्था’ को अन्तिम लक्ष्य के हो ? त्यसबारे नबुझी यो युद्धको रहस्य बुझ्न सकिदैन । त्यसको अन्तिम लक्ष्य भनेको ‘एक विश्व’ हो । अर्थात् विश्वको नियन्त्रण एउटै शक्तिकेन्द्रको हातमा निहित हुनेछ । जस अन्तर्गत – ‘विश्वभर एउटै शासनप्रणाली, एउटै कानुन, एउटै सेना, एउटै सरकार, एउटै जाति, एउटै धर्म र एउटै नश्लको वर्चस्व रहने’ कुरा उल्लेख छ । त्यतिमात्र हैन, एउटै बैँकले विश्वको सबै देशका सबै नागरिकहरूको सम्पत्ति समेत नियन्त्रण गर्नेछ । सबै देशका राष्ट्र बैँकहरू विश्व बैँक अन्तर्गत रहनेछन् र विश्व बैँक त्यही शक्तिकेन्द्रको हातमा हुनेछ । तपाईंको खाताबाट स्वयं तपाईंले नै आफुले चाहे जति रकम आफुखुसी चलाउन सक्नुहुन्न । सरकारको अनुमति आवश्यक पर्नेछ अर्थात् सरकारले जति तोक्नेछ त्यति मात्रै झिक्न पाइनेछ । डिजिटल प्रणाली ल्याइनुको मुख्य कारण यहि हो । ताकी तपाईंका हरेक गतिविधिमा सरकारको निगरानी निरन्तर रहिरहोस् । अन्तर्राष्ट्रिय परिचय–पत्र अनिवार्य गराइनु र तपाईंको हातका पञ्जादेखि आँखाको रेटिनासम्म स्क्यान गरेर सरकारलाई बुझाइएको त्यसै हैन । त्यसमा राखिने ‘माइक्रो चीप’ कहाँ बन्यो ? कुन देशमा बन्यो ? त्यसको डाटा कन्ट्रोल कहाँ जान्छ ? कसले निगरानी गर्छ ? नेपाल सरकारसँग आफ्‌नै डाटा सुरक्षीत राख्नसक्ने क्षमता छैन भने बिदेशी कम्पनीले राखेको ‘माइक्रो चीप’ले स्टोर गर्ने ब्यक्तिगत डाटाको सुरक्षाको ग्यारेण्टी कसरी दिनसक्छ ? हाम्रो डाटा हाम्रै सरकार मार्फत त्यही शक्तिकेन्द्रले नियन्त्रण गर्नेछ, जसले त्यस्ता डिजिटल प्रणालीको अवधारणा ल्याए र सोही योजना अनुसारको माइक्रो चीपहरू बनाए । ‘एक विश्व’ योजना सबैभन्दा खतरनाक योजना हो । बेलायत जस्तो देशको संसदभित्र सांसदहरू अन्तर्राष्ट्रिय परिचय–पत्र खारेजीको माग किन गर्दैछन् ? कतिपय देशले डिजिटल परिचय–पत्रको अनिवार्यता किन खारेज गरे ?
    जुनसुकै देशमा पनि त्यस्ता खतरनाक योजनाहरू कार्यान्वयन गर्न/गराउन बलियो सरकारको आवश्यकता पर्छ । जसमा प्रतिपक्ष दल कमजोर होस् र बहुमतको शक्तिशाली सरकारले निरंकुशता पूर्वक जनताका छातिमा गोलि हानेर भएपनि लागु गरोस् । त्यसैका लागि मिडिया एल्गोरिदमको प्रयोग गरेर ‘मास ब्रेनवास’ गराइन्छ र शक्तिकेन्द्रका कठपुतली दललाई बहुमतद्वारा सत्तामा पुर्‍याइन्छ । पुराना दलहरूप्रति नकारात्मक र वितृष्णा फैलाउने व्यापक प्रचारबाजि गरिन्छ । अहिले विश्वभर यहि भइरहेको छ । सामाजिक सञ्जालमा समेत कडा प्रतिबन्ध लगाइनेछ, ताकी जनताको आवाज पूर्णतया नियन्त्रित होस् । सरकारले चाहेको कुराहरू मात्रै सञ्जालमा राख्न अनुमति मिल्नेछ । सरकार बिरोधि कुराहरू राष्ट्रद्रोहको अपराध मानिनेछ । जेन–जी आन्दोलनका नाममा विश्वभर जियोनिष्टहरूलाई परिचालन गरेर विभिन्न देशका सरकारहरू ढलाइनुको कारण यहि थियो । बंगलादेश, श्रीलंका, अफगानिस्तान, जर्जिया, फ्रान्स, जापान र नेपालमा समेत यहि एल्गोरिदमको प्रयोग गरिएको थियो ।

    ‘माइक्रो चीप’ केवल व्यक्तिको राष्ट्रिय परिचय–पत्रमा मात्रै सिमित रहँदैन, प्रत्येक व्यक्तिको खोपडीसम्म आइपुग्नेछ । तपाईलाई पत्यार नलाग्ला तर गुगल सर्च गरेर हेर्नुस् । एलन मस्कको टेस्ला कम्पनीले मानिसको मस्तिष्कमा राख्ने माइक्रोचीपको निर्माण गरिसकेको छ र जनावरहरूमा परिक्षण गरिरहेको छ । भोलि जनावर बन्ने पालो तपाई हाम्रो हो । यता चीनले पनि मानिसको दिमागमा राख्ने माइक्रोचीपको प्रयोग शुरु गरिसकेको छ । चीप कम्पनीहरूले त्यस्ता विषयमा खरबौँ लगानी गरेर किन बनाइरहेका छन् ? शो–रुममा राखेर देखाउन त पक्कै हैन होला । जुन चिज जे प्रयोजनको लागि बनाइएको छ, त्यसको प्रयोग त त्यही चिजमा नै गर्ने होला ।

    जब माइक्रोचीपको कथित परिक्षण पूरा हुनेछ, त्यसपछि मानिसको दिमागमा माइक्रोचीप राख्न अनेकौँ प्रलोभन देखाइनेछ । जस्तैः स्मरणशक्ति कम हुनेका लागि मोबाइलमा मिमोरीकार्ड राखे जस्तै हरेक गतिविधिको स्मरणहरू स्टोर गर्न, सुस्त मनस्थिति भएका, डिप्रेसनका रोगीलाई हतोत्साहित नहुनको लागि मनोबल बढाउने सोंच स्टोर गर्न, नशा सम्बन्धि समस्या भएका वा प्यारालाइसिस भएका रोगीलाई सुकेको नशाले दिमागमा पुर्‍याउने संदेशलाई वैकल्पिक मार्गबाट पुर्‍याएर हिडडुल गर्नसक्ने बनाउन आदि आदि ।

    यस्तो अफर सुनेपछि आफ्‌नो खोपडी खोलेर मस्तिष्कमा चीप लगाउन लाइनमा उभिने मुर्खहरूको कमि होला त ? जब खोपडीमा बिदेशीले बनाएको चीप राखिन्छ, त्यसपछि तपाईंको प्राकृतिक दिमाग निष्क्रिय हुनेछ र कृत्रिम दिमागले सोंच्न शुरु गर्नेछ । मान्छे मान्छेको स्वरुपमा एउटा रोबर्ट मात्रै हुनेछ । मान्छेले त्यही मात्रै सहि देख्नेछ, जुन डाटा तपाईंले राखेको चीपमा स्टोर गरिएको छ । मान्छे मान्छे हुनुको औचित्य समाप्त हुनेछ, पूर्णरूपमा मान्छे शक्तिकेन्द्रको गुलाम बन्ने छ । यसरी संसारभर मान्छे जस्तै देखिने तर कृत्रिम खोपडी भएका अर्धकृत्रिम मानव मात्रै भएपछि ‘एक विश्व’को अवधारणा कसो पूरा नहोला ?

    ‘एक विश्व’ योजनामा धेरै कुराहरू समावेश गरिएका छन्, जो मानव जगतका लागि अत्यन्तै घातक छन् । सबैभन्दा घातक अवधारणा भनेको विश्वको जनसंख्या ९०% (पचास करोडको हाराहारीमा) घटाउनु । अनि सिमित जनसंख्या भएपछि देशहरूको संख्या पनि सिमित नै हुनेभए, देशहरू नै सिमित भैसकेपछी एउटै शासन प्रणाली, एउटै कानुन, एउटै सेना, एउटै बैँकको नियन्त्रणमा रहने त्यसै सहज हुनेभो । यसरी मानिसको जनसंख्या नै सिमित भैसकेपछी एउटै नश्ल, एउटै जात, एउटै धर्म, एउटै संस्कृति पनि अनौठो कुरा भएन । विश्वको स्वामित्व – एउटै शक्तिकेन्द्रमा ।’
    के यो सम्भव छ ?

    हो, यो सब सम्भव छ । यसको तयारी सयौँ वर्ष अगाडिदेखि नै गरिएको थियो र १९९२ मा ब्राजिलमा यूएनद्वारा आयोजित विश्वका सबै देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनबाट यो निर्णय पारित गरिएको थियो । जसमा १७८ देशको सहभागिता रहेको थियो ।

    उक्त सम्मेलनमा गरिएको निर्णय अनुसार यूएन, विश्व स्वास्थ्य संगठन, विश्वबैँकको मुख्य भूमिकामा कार्यक्रम अगाडि बढाउने र त्यसमा एलिट ग्रुपका बिग फर्मा, विल गेट्स, जर्ज सोरस, USAID लगायतका संस्थाहरू मार्फत लगानी गर्ने कार्ययोजना तयार भए । एजेण्डा २१/२०३० भन्नाले २१औँ शताब्दीको त्यस्तो विशेष एजेण्डा जसको पहिलो खण्ड २०३० सम्म पूरा गर्ने लक्ष्य रहेको छ भनेर बुझ्नुपर्छ । त्यो एजेण्डा २०१५ बाट विश्वभर शुरु भैसकेको छ । जसलाई यो कुरा अपत्यारिलो लाग्छ, त्यसले अमेरिकाको जर्जीयामा रहेको न्भGeorgia Guidestones स्मारकको भित्तामा विश्वका चर्चित ८ भाषामा के लेखिएको छ भनेर गुगल सर्च गरेर हेर्दा हुन्छ । जसमा पछिल्लोपटक संस्कृत समेत ४ भाषा थप गरेर १२ भाषामा लेखेर राखिएको छ । जुन अहिले पनि हेर्न र पढ्न सकिन्छ ।
    यो अवधारणा कसको हो ?

    यो अवधारणा अत्यन्तै गोप्य र अत्यन्तै शक्तिशाली अण्डरग्राउण्ड शक्ति केन्द्रको हो । जसको नाम कसैले पनि लिदैनन् । त्यो शक्तिकेन्द्र यति पावरफुल छ कि संसारको जुनसुकै देशको जस्तोसुकै शक्तिशाली राष्ट्रप्रमुखलाई पनि सजिलै औँलामा नचाइदिन सक्छ । त्यसमा विश्वका सबैभन्दा धनाढ्य र सबैभन्दा शक्तिशाली व्यक्तिहरू मात्र छन् । विश्व बैँक नै तिनीहरूको स्वामित्वमा छ र तिनीहरूले नै संसारभर गरिब मुलुकलाई विश्व बैँक मार्फत ऋण दिएर संसार खरिद गरिरहेका छन् ।

    कस्को तागत चल्छ तिनीहरूको विरुद्धमा उभिन सक्ने ? त्यो कस्तो शक्तिकेन्द्र हो ? कस्तो समुह हो ?

    त्यो ग्रुपलाई इलुमिनाटी (हामीले उल्लुबनाती भन्ने गर्छौं) भनेर सांकेतिक रूपमा बुझ्ने गरिन्छ । त्यो ग्रुपको सांकेतिक सूचक चिन्ह– ‘एउटा आँखा’ हो । नेपालमा माओवादीबाट अलग भएपछि बाबुराम भट्टराईले गठन गरेको कथित ‘नयाँ शक्ति’ पार्टीको चिन्ह पनि त्यही– ‘एउटा आँखा’ थियो । ‘स्वयंभूको दुइटा आँखाले न्याय र अन्याय छुट्याएर हेर्छन्‌’ भन्ने विश्वास भएको देशमा एउटा मात्र आँखा ? कुन अर्थमा पस्यो ? संगोग मात्रै होला त ?

    योजनाकारहरूले बडो षड्यन्त्र पुर्वक तरिकाले लगानी गरे । उनीहरूले जातका नाममा, धर्मका नाममा, नश्लका नाममा, लिंगका नाममा, सम्प्रदायका नाममा मानिसलाई बिभाजन गरे । यहाँसम्म कि नारीवाद र महिला अधिकारका नाममा श्रीमान श्रीमतीलाई समेत बिभाजन गरे । वैवाहिक बलात्कार जस्ता शब्दको प्रयोग गरेर महिलालाई पुरुषप्रति र पुरुषलाई महिलाप्रति घृणा जगाएर ‘लेस्वियन’ र ‘गे’ लाई प्रमोट गरे । LGBTQ जस्ता मिसनहरू चलाएर समाजलाई बर्बाद पार्न कुनै कसर बाकी राखेनन् । ‘फेमिली एक्स’ जस्ता सुन्दै घिनलाग्ने अवधारणामा आधारित कथा, उपन्यास, टेलिसिरियल, चलचित्र, वेभ सिरिज आदि सामाजिक सञ्जाल र वेबसाईटहरूमा छ्यापछ्याप्ती राखे । ईरानका महिलाले आफ्‌नो धर्मको संस्कार परम्परा अनुसार बुर्का लगाएर शरीर छोप्ने कुरा एपस्टीन ग्याङलाई मनपर्ने कुरै भएन । नारी स्वतन्त्रता र महिला अधिकारको नाममा महिलालाई नांगै बनाएर सडकमा हिडाउने मिसनमा लागेका समुहलाई ईरान सरकारले त्यसको विरुद्धमा लगाएको

    ‘कडा नियम’ किन मनपर्थ्यो र ? ईस्लामिक आतंकवादको नाममा घृणा फैलाएर LGBTQ को समर्थन गर्ने एपस्टीन समुहका मतियारहरू इजरायल र अमेरिकाको पक्षमा नै हुने भए । LGBTQ मिसनका मिसनरीहरू घण्टी बोकेर नेपालको संसदसम्म पुगिसकेका छन् । अब के नै बाकी रह्यो र ?

    माथिको प्रसंगमा – मान्छेलाई हरेक वर्गमा विभाजन गरेर टुक्राउने, कमजोर पार्ने र शिकार गर्ने रणनीति अनुसार योजनाकारहरूले लगानी गरे । चर्च मिसन र ईसाइकरणका लागि, ईस्लामिकरणका लागि, दलाई लामा (एपस्टिन ग्याङकै नक्कली बौद्ध) मिसनका लागि र हिन्दुत्वका नाममा समेत लगानी गर्ने शक्तिकेन्द्र एउटै हो । सबैलाई पैसा दिने उहि अमेरिका, उहि जर्ज सोरस, उहि USAID, उहि NGO र INGO हरू ।

    अब सोंच्नु होला, सबैलाई अमेरिकाले किन यसरी पैसा बाढ्छ ? यसरी सबैलाई पैसा बाढ्नुको अर्थ अमेरिकाले सबै धर्म वा पन्थको संरक्षण गरेको हो ? हैन, विल्कुलै हैन । यसरी पैसा बाड्नुको मतलब हरेक धर्म वा पन्थमा कट्टरवादीहरूको संख्या बढाउनु र त्यसरी जन्माएका कट्टरवादीहरूलाई एक–आपसमा भिडाएर सिध्याउनु हो । सुक्ष्म रूपमा हेर्नुस् । वास्तविक इसाई भन्दा डलर खाएर कन्भर्ट भएका कन्भर्टेड इसाई अझै बढी कट्टर देखिन्छन्, वैदिक सनातनी बन्न छोडेर च्क्क् (राष्ट्रिय समलिङ्गी संघ) को दानापानी बनेका कन्भर्टेड खच्चडहरूले समेत हिन्दुत्व सिकाउन खोज्छन् । डलरबाट भारु, अनि भारुबाट दारुमा बिकेर फिरिङ्गी मिसनको नक्कली हिन्दुत्वको प्रचारमा खैरो कट्टु लगाएर तमासा देखाउने, अमेरिकी र इजरायली नश्ललाई पुर्ख्यौली नश्ल ठान्ने खच्चडहरू इजरायल र अमेरिकाको पक्षमा हुनु अचम्मको कुरा हैन । किनकि त्यो उनीहरूको म्ल्ब् ले नै मान्यता दिएको हो । राष्ट्रिय समलिङ्गी संघ (च्क्क्) ले त्यही मिसनको ‘एपस्टिन ग्याङ’ लाई समर्थन गर्नु अनौठो मान्नुपर्ने कुरै हैन ।

    च्क्क् ले किन इजरायल र अमेरिकाको समर्थन गर्छ ? किनकि हिन्दुत्वको नाममा खोलिएका ‘गुरु कम्पनी’ का धेरैजसो डिलर र पसलहरूको ‘मालसामान’को ढुवानी अमेरिकाबाटै हुनेगर्छ । त्यसमध्ये इस्कोन सबैभन्दा ठूलो पसल हो । त्यसपछि ब्रम्हाकुमारी, कृष्ण प्रणामी, सत्य साई जस्ता थुप्रै पसलहरू छन्, जस्को केन्द्र अमेरिका हो ।

    फेरि पनि माथिकै प्रसंगमा– एपस्टिन ग्याङका समूह, जर्ज सोरस, ग्क्ब्क्ष्म् लगायत तमाम संस्थाले मानिसहरूलाई जात र धर्मको आधारमा यसरी छुट्याइदियो कि– इसाई भित्रै पनि अनेकौँ सम्प्रदाय, ईस्लाम भित्र पनि अनेकौँ सम्प्रदाय, बौद्ध, हिन्दु सबै धर्मभित्र अनेकौँ सम्प्रदाय निर्माण गरेर एउटा भन्दा अर्को ठूलो, अर्को भन्दा अझै अर्को कट्टर देखाउने होडबाजी चलाइदियो । आफ्‌नो सम्प्रदाय सहि र अरुको सम्प्रदाय गलत भन्ने मानसिकता प्रेरित गरेर धर्मको नाममा समाजमा विखण्डन ल्याउने उद्देश्यले नै त्यसरी लगानी गरियो । त्यसको प्रतिफल के ? कुरा प्रष्ट छ, जब कुनै इसाई बस्तीमा आक्रमण हुन्छ, तब इसाई भित्रकै अर्को सम्प्रदायले आफ्‌नो भन्दा फरक सम्प्रदायलाई आक्रमण गरेको भनेर चुपचाप बस्छ । ईस्लाममा पनि सिया मुसलमानलाई आक्रमण गर्दा सुन्नी खुशी हुने र सुन्नीलाई आक्रमण गर्दा सिया खुशी हुने अवस्था उत्पन्न गराउने । बौद्धमा पनि ब्रजयानीलाई आक्रमण गर्दा थेरवादीले ताली बजाउने र थेरवादीलाई आक्रमण गर्दा बज्रयानीले ताली बजाउने बनाउनको निम्ति । हिन्दुहरूको त झन् कुरै गर्न परेन । संसारमा सबैभन्दा बढि बिभाजन गराइएको धर्म नै हिन्दु धर्म हो । ३३ कोटि देवी देवताका ६४ कोटि भन्दा बढी हिन्दु सम्प्रदाय किन बनाइए ? हिन्दुत्वको संरक्षक शंकराचार्य, राजा, चोकचोकमा ‘फगतगुरु’ को उपाधी भिरेका धर्मभिरुहरू किन जन्माइए ? तिनीहरूको काम के हो ? हरेक सम्प्रदायका छुट्टाछुट्टै फगतगुरु ? अनि उपाधी गुथाइदिने ‘गुरु कम्पनी’ को वैधानिकता के ?

    योजनाकारहरूले यसरी योजना बनाए कि आज एउटा इश्वरिय सत्तालाई स्वीकार गर्ने ईस्लामिक मुलुक ईरानमा आक्रमण गर्दा अर्को ईस्लामिक मुलुकहरू नै आक्रमणकारीको पक्षमा उभिएका छन् । यो नै आक्रमणकारीको सफलता हो । तर तिनीहरूले बुझ्नुपर्छ – आज कसैलाई आक्रमण गर्दा उनीहरू जति खुशी भएकाछन, भोलि आफैलाई आक्रमण गर्दा तिनीहरू खुशी हुनेछन् । इसाईलाई हान्दा ईस्लाम र हिन्दु खुशी हुने, हिन्दुलाई हान्दा इसाई र ईस्लाम खुशी हुने, बौद्धलाई हान्दा सबैले रमिता हेर्ने त्त् यस्तै स्थिति उत्पन्न गराइनेछ । तर बुझ्नुपर्ने कुरा के हो भने अनिश्वरवादी, भौतिकवादि, नास्तिकवादी अझ सैतान पुजकहरूले इश्वरवादीलाई प्रहार गरिरहेको छ । आज एउटालाई खाएको बाघले भोलि अर्कोलाई निश्चित खानेछ । किनकि मान्छेको रगत खाने बाघ बस्तीभित्र पसिसकेको छ । कसैलाई खाएको देख्दा खुशी हुनुपर्ने कुनै कारण छैन ।

    यो कुरा कसरी पुष्टि हुन्छ भने जब इजरायल र अमेरिकाले ईरानमा पहिलोपटक आक्रमण गर्‍यो, तत्कालै भ्याटिकनको पोपले आक्रमणको बिरोध गरे । इजरायल र अमेरिकाको कडा आलोचना गरेर तत्काल आक्रमण रोक्न आग्रह गरे । किन ? पोपलाई इरानी मुस्लिमहरूको माया लागेर हो त ? पोपको निम्ति इजरायल र अमेरिका भन्दा ईरान नजीकको भएर हो त ? ईरानले पोपलाई प्रलोभन दिएर हो त ? हैन, विल्कुलै हैन । पोपलाई थाह हुनुपर्छ – यो युद्ध इश्वरीय सत्तालाई स्वीकार नगर्ने ॅसैतान’हरूले इश्वरीय सत्तालाई स्वीकार गर्नेका विरुद्ध गरेको हो । पोपले अहिलेसम्म १०० पटक भन्दा बढी अमेरिका र इजरायललाई इरानमा आक्रमण नगर्न भनिसके तर अन्तर्राष्ट्रिय मिडियाले यो कुरालाई चासो दिएनन्, किन ?

    यो लडाइँ ईरानको मात्र लडाइँ हैन, सम्पुर्ण इश्वरवादीहरूको लडाइँ हो । ईरान हार्नु भनेको इश्वरीय सत्तालाई स्वीकार गर्ने समुहले हार्नु हो । ईस्लामिक धर्म अनुसार इश्वरीय सत्तालाई स्वीकार नगर्ने सैतानपुजकहरूलाई काफीर भन्दारहेछन, अहिले ईरानीहरू तिनै एपस्टीन ग्याङका काफीर विरुद्ध लडिरहेका छन् । हाम्रो सनातन शास्त्रले पनि काफीरहरूलाई दैत्य, राक्षस वा असुर भन्ने गर्छ । त्यस्ता असुरहरूले जित्नु भनेको संसारबाट इश्वरीय शक्ति क्षीण हुनु र आसुरी शक्तिले जित्नु हो । ‘न्यु वर्ल्ड अर्डर’का गुप्त शक्तिकेन्द्रले विश्व कब्जा गर्नु हो । त्यसैले म ईरानको पक्षमा छु ।

    (उल्लेखित सामाग्री हामीले गोपाल पाल्पाली आचार्यको फेसबुक प्रोफाइलबाट लिएका हौँ । यो सामाग्रीमा हामीले स्वस्थ्यसँग जोडिएका कतिपय विषयहरूलाई हटाएका छौँ ।)

    बुधबार, चैत १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.