• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

चुनावमा सहभागी भएर एसपिपीबारे सचेतना जगाउन राजमो सफल भएको छ : भट्ट (फोनवार्ता)


  •   शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले फागुन २१ गतेको चुनावमा सहभागी भएर एसपिपीबारे जनतामा सचेतना ल्याउन आफूहरू सफल भएको दाबी गर्नुभएको छ ।

    Advertisement

    युगदर्शन मिडियाका लागि प्रकाश थापामगरसित २०८२ फागुन २९ गते फोनवार्ता गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    उहाँले राजमोले चुनावलाई कार्यनीतिक रूपमा उपयोग गरेको तथ्य दोहोर्‍याउनुभयो ।

    ‘चुनावलाई उपयोग गरेर हामीले कङ्ग्रेस, एमाले, तत्कालीन माओवादीलगायतको भण्डाफोर गर्न सफल भएका छौँ’ उहाँले भन्नुभयो– ‘नयाँ भनिएका शक्तिको विजयका साथै महाशक्ति राष्ट्रको चपेटामा नेपाल पर्ने विषयमा पनि जनतामाझ हामीले चेतना फैलाएका छौँ ।’

    चुनावपछि सामाजिक सञ्जालमा एमसिसी, एसपिपीजस्ता विषयमा जागरण आएको आफूहरूकै कारणले भएको भनाइ पनि उहाँको थियो ।

    उहाँले भन्नुभयो– ‘चुनावपछि सामाजिक सञ्जालमा जुन एसपिपीबारे जनतामा जागरण आएको छ, त्यो चुनावमा हाम्रै प्रयत्नको परिणाम हो ।’

    क्रान्तिकारीले जित्ने सिटको सन्दर्भ

    अन्तर्वार्ताको क्रममा उहाँले क्रान्तिकारी शक्तिका लागि सिटको कुरा गौण भएको बताउनुभयो ।

    ‘लोकतन्त्र, राष्ट्रियता, जनजीविकाजस्ता विषयमा हामीले जनतामा चेतना फैलाएका छौँ, त्यो मुख्य विषय हो’ उहाँको भनाइ थियो ।

    वर्तमान बुर्जुवा व्यवस्थामा क्रान्तिकारीले बहुमत ल्याउनु वा सरकार बनाउनु असम्भव भएको उहाँले जिकिर गर्नुभयो ।

    ‘व्यवस्था बुर्जुवा हुने अनि सरकार क्रान्तिकारी बन्ने ?’ उहाँले भन्नुभयो– ‘यस्तो संसारमा कहीँ कतै भएको छैन । आखिर बुर्जुवा व्यवस्थालाई सुदृढ बनाउन नै आवधिक निर्वाचन हुने हो ।

    परिणाम पश्चिमाको, घुसपैठ प्रयासमा भारत

    महासचिव भट्टले अहिलेको चुनाव परिणाम पश्चिमाको पक्षमा आएको तर त्यसमा घुसपैठ गर्न भारतले प्रयास गरिरहेको सुनाउनुभयो ।

    भदौ २३–२४ गतेको घटना नै अमेरिकासहित पश्चिमा साम्राज्यवादीले घटाएको सन्दर्भ जोड्दै उहाँले कार्की सरकारले समेत पश्चिमाको पक्षमा परिणाम ल्याउन मदत गरेको आरोप लगाउनुभयो ।

    उहाँले भदौपछि गठन भएको अन्तरिम सरकार नै अन्तत: रास्वपाको भएको दाबी गर्नुभयो ।

    ‘भन्नका लागि कार्की सरकार नागरिक सरकार थियो, वास्तवमा यो रास्वपाकै सरकार थियो’ उहाँले भन्नुभयो– ‘सरकारमा मन्त्रीहरू रास्वपाकै थिए, हामीले देख्यौँ, उनीहरू पछि घण्टी चिह्न लिएर चुनाव लड्न पुगे ।’

    जेनजी आन्दोलन पश्चिमाद्वारा प्रायोजित थियो भन्ने तथ्य चुनावको मुखैमा आएको बिबिसी रिपोर्टले पनि स्पष्ट पारेको धारणा उहाँको थियो ।
    कथित कलर रिभोल्युसन वा अन्य विभिन्न प्रायोजित सत्ताविद्रोह सामाज्यवादले गराउँदै आएको स्पष्ट पार्दै उहाँले दक्षिण एसियाका श्रीलङ्का र बङ्गलादेशमा अमेरिका असफल भएको तर नेपालमा भने सफल भएको बताउनुभयो ।

    भट्टले भन्नुभयो– ‘भदौ २३–२४ गतेपछि नेपालमा पश्चिमाकै चलखेल तीव्र छ, परिणाम पनि पश्चिमाकै पक्षमा छ तर पनि भारतले त्यसमा घुसपैठ गर्न खोजिरहेको छ ।’

    विरासतको रूपमा भारतका पक्षधर रहेका तर पछिल्लो समयमा अमेरिकाको इन्ट्रेस्ट पूरा गर्न नसकेका कारण कङ्ग्रेस, एमाले, नेकपा र मधेसवादीले अहिले हार व्यहोर्नुपरेको विचार उहाँले व्यक्त गर्नुभयो ।

    वर्गसङ्घर्षको रूपमा स्थानीय निर्वाचनको उपयोग

    फोनवार्ताको क्रममा महासचिव भट्टले अहिलेसम्म चुनावको उपयोग गर्ने नै नीति भएकाले स्थानीय निर्वाचनलाई पनि राजमोले उपयोग गर्ने बताउनुभयो ।

    ‘अहिलेसम्म चुनावलाई उपयोग गर्ने नै हाम्रो नीति छ’ उहाँले भन्नुभयो– ‘स्थानीय निर्वाचनलाई पनि वर्गसङ्घर्षको रूपमा उपयोग गर्ने हाम्रो नीति छ ।’

    उहाँले अहिलेदेखि नै तयारी गरेर स्थानीय चुनावलाई उपयोग गर्ने पक्षमा राजमो रहेको जानकारी दिनुभयो ।

    नयाँ सरकार गठन

    महासचिव भट्टले नयाँ सरकार गठनमा केही समय लाग्ने जानकारी दिनुभयो ।

    संवैधानिक प्रक्रिया नबुझेकाले मात्रै छिटो सरकार गठन भएन भनेर सामाजिक सञ्जालमा गुनासो गरिरहेको बुझाइ उहाँको थियो ।

    ‘प्रत्यक्षतर्फकै दुई सिटमा विवाद छ । समानुपातिक सिटमा व्यक्तिको टुङ्गो लागेपछि मात्रै निर्वाचन आयोगले प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँछ’ उहाँले भन्नुभयो– ‘त्यसपछि राष्ट्रपतिले शपथ ग्रहण गराउने, प्रतिनिधिसभा बैठक आह्वान गर्नेजस्ता क्रियाकलाप अगाडि बढ्छन् ।’

    संसद्बाहिरबाट मन्त्रीको प्रस्तावमा दम छैन

    मिडिया वा सामाजिक सञ्जालमा आगामी सरकारले संसद्बाहिरबाट मन्त्री बनाउने प्रस्तावमा दम नभएको महासचिव भट्टको ठोकुवा थियो ।

    ‘अहिले बालेनजस्ताले संसदबाहिरबाट मन्त्री बनाउने विषयमा चर्चा गरेको देखिन्छ’ उहाँले भन्नुभयो– ‘तर त्यसमा दम छैन किनकि संविधानमा मन्त्री बन्न दुईमध्ये कुनै एक सदनबाट सांसद हुनुपर्ने, नभए छ महिनाभित्र सांसद बनाउनैपर्ने प्रावधान छ ।’

    उहाँले बालेनजस्तो अस्तव्यस्त मान्छे, जसले झापामा मनोनयन दर्ता गर्न जाँदा फाराम नै भरेर नगएको, दश हजार रुपियाँ पनि लिएर नगएकोले यस्ता हल्ला चलाएको बताउनुभयो ।

    रास्वपा संविधान संशोधनतर्फ जाँदैन

    फोनवार्ताको क्रममा भट्टले प्रतिनिधिसभाको दुईतिहाइ बहुमतको हाराहारीमा पुगे पनि संविधान संशोधन गर्नेजस्तो विवादित काममा रास्वपाले हात नहाल्ने भविष्यवाणी गर्नुुभयो ।

    उहाँले भन्नुभयो– ‘मलाई लाग्छ, रास्वपाहरू संविधान संशोधनजस्तो विवादित र जटिल विषयमा प्रवेश गर्ने छैनन् । यसो गर्दा सरकार सञ्चालनमा द्वन्द्व उत्पन्न हुनेछ र काम गर्न गाह्रो हुनेछ ।’

    २०७२ सालको संविधान त्रिपक्षीय शक्तिसन्तुलनको परिणाम भएको बताउँदै उहाँले अहिले पराजित भए पनि त्यो शक्तिसन्तुलन कमजोर नभएको धारणा व्यक्त गर्नुभयो ।

    राष्ट्रपतीय प्रणालीका लागि संविधान संशोधन पनि हाल सम्भव नदेखिएको उहाँको तर्क थियो ।

    ‘कङ्ग्रेस, एमाले, तत्कालीन माओवादी सबैले प्रधानमन्त्रीय प्रणालीलाई स्वीकार गरेर आएका हुन्’ उहाँले भन्नुभयो ।

    रास्वपाले चाहँदैमा संविधान संशोधन गरेर देश राष्ट्रपतीय प्रणालीतर्फ नजाने उहाँको विश्लेषण थियो ।

    कार्की आयोगको प्रतिवेदन कारबाही हुन्न

    महासचिव भट्टले जेनजी आन्दोलनबारे पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन नहुने ठोकुवा गर्नुभयो ।

    ‘म भन्छु, कार्की आयोगको प्रतिवेदन कार्यान्वयन हुन्न’ उहाँले भन्नुभयो– ‘अहिलेसम्मको स्थिति हेर्दा रास्वपाले भदौ २३ गतेको घटनालाई देखाइरहेको छ भने सरकारले भदौ २४ गतेको घटनालाई देखाइरहेको छ ।’

    अहिले भदौ २३ को घटनाका दोषीलाई कारबाही हुनुपर्ने माग राख्ने रास्वपाको सरकार बने पनि कारबाही गर्दा दुवै दिनका दोषीलाई कारबाही गर्नुपर्ने भएकाले अन्तिम परिणाममा ‘तैँ चुप, मै चुप’ को अवस्था रहने उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो– ‘हामी दुवै दिनका दोषीलाई कारबाही हुनुपर्छ भन्ने पक्षमा छौँ । भदौ २३ गते कलिला युवाविद्यार्थीलाई गोली हान्न आदेश दिनेलाई कारबाही हुनुपर्छ, भदौ २४ गतेको ध्वंसका लागि रवि–बालेनलाई पनि कारबाही हुनुपर्दछ, त्यस्तै आगलागी र ध्वंसमा सामेल सबैलाई कारबाही हुनुपर्दछ ।’

    (महासचिव भट्टसँग फोनवार्ताको पूर्ण पाठ सुन्नका लागि युगदर्शन मिडियाको युट्युब च्यानल वाच गर्न अनुरोध गर्दछौँ ।)

    शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.