काठमाडौँ । राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ मा सुर्खेत निक्षे २ का उम्मेदवार पूर्ण बहादुर शाहीले निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
Advertisement
शाहीले फागुन २६ गते जारी गरेको निर्वाचनमा एक लाख, २५ हजार सत्तरी रुपैयाँ खर्च भएको विवरण सार्वजनकि गर्नुभएको छ । शाहीले १३० मत प्राप्त गर्नुभएको थियो ।
जसमा सवारी साधन यातायात रु. ४०,७००/–, झण्डा व्यानर छपाई खर्च रु. १८३७०/–, मतदाता प्रशिक्षण खर्च रु. १०,१६०/–, घरदैलो कार्यक्रम रु. १९,४००/–, प्रचार प्रसार सामाग्री छपाई रु. १४,०००/–, उम्मेदवारी दर्ता रु. १००४०/–, स्टेशनरी तथा सञ्चार रु. १,२००/–, खाना तथा खाजा खर्च रु. १,५००/–, भिजीटिङ कार्ड छपाई रु. ९६००/–, फोटोकपी तथा प्रिंट रु. १००/– जम्मा रु. १,२५,०७०/– रहेको छ ।
