काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट गुल्मी निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार लाल बहादुर थापा क्षेत्रीले निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
Advertisement
क्षेत्रीले आज फागुन २७ गते आफ्नो निर्वाचन खर्च विबरण सार्वजनिक गर्नुभएको हो ।
गुल्मी –२ बाट उम्मेदवारी दिनुभएका क्षेत्रीले ३३४ मत प्राप्त गर्नुभएको थियो । उहाँले निर्वाचनमा दुई लाख, ७५ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण सार्वजनकि गर्नुभएको छ ।
जसमा उम्मेदवारी दर्ता रु. १००००/– हजार, यातायात सवारी साधन भाडा २५ दिन रु. १,६२,५००/–, गाडी भाडा पाँच दिन रु. ३५,०००/–, झण्डा तथा प्रचार प्रसार सामाग्री छपाई रु. ४०,०००/–, व्यानर प्रिंट रु. ३,०००/–, खाना तथा खाजा रु. २५,०००/– जम्मा रु. २,७५,५००/– रहेको छ ।
