काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गणेश आचार्यले निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
आचार्यले २०८२ फागुन २३ गते नै आफ्नो निर्वाचन खर्च विबरण सार्वजनिक गर्नुभएको हो ।
दाङ –१ बाट उम्मेदवारी दिनुभएका आचार्यले एक हजार ७७ मत प्राप्त गर्नुभएको थियो । उहाँले निर्वाचनमा तीन लाख, तीन हजार खर्च भएको विवरण सार्वजनकि गर्नुभएको छ ।
जसमा उम्मेदवारी दर्ता रु. १०,०००/– हजार, मतदाता नामावली खरिद रु. ३,०००/–, मतदाता नामावली प्रिंट रु. १०,०००/– गाडी भाडा ३० दिन रु. १,८०,०००/–, झण्डा तथा व्यानर रु. ३०,०००/–, नमुना मतपत्र छपाई रु. २०,०००/–, प्रतिवद्धता पत्र छपाई रु. ३०,०००/– भिजिटिङ कार्ड प्रिंटिङ रु. १०,०००/–, कार्यकर्ता प्रशिक्षण एक दिन रु. १०,०००/– जम्मा रु ३,०३,०००/– रहेको छ ।
