काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार ईश्वरी प्रसाद पैयानीले गरेको खर्च विवरण सार्वजनिक गरेका छन् । पैयानीले आज मंगलबार फागुन २६ गते सार्वजनिक गरेकाा हुन् ।
Advertisement
पैयानीले भक्तपुर– १ बाट उम्मेदवारी दिएका थिए । ३३४ मत प्राप्त गरेका पैयानीले चुनावमा जम्मा रु. ५०,०००/– हजार भएको विवरण सार्वजनिक गरेका हुन् ।
जसमा उम्मेदवारी दर्ता रु. १०,०००/– हजार, गाडीभाडा र तेल रु. १५,४७०/– फ्यास व्यानर प्रिटिङ्ग रु. ९००/– खाना एवं खाजा रु. ६,१३०/– बाइकमा तेल रु. २,५००/– प्रचार प्रसार छपाई खर्च रु. १५,०००/– जम्मा खर्च रु. ५०,०००/– रहेको छ ।
