काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवार रहेका निरबहादुर सिन्तानले गरेको खर्च विवरण सार्वजनिक गरेका छन् । सिन्तानले आज मंगलबार फागुन २६ गते निर्वाचन आयोग नेपाल मकवनापुरमा पुगी खर्च विवरण बुझाएका हुन् ।
Advertisement
मकवानपुर–२ बाट सिन्तानले उम्मेदवारी दिएका थिए । १३१ मत प्राप्त गरेका सिन्तानले चुनावमा ३९ हजार ९ सय ९६ रुपैयाँ ८५ पैसा खर्च भएको विवरण आयोगलाई बुझाएका छन्।
जसमा उम्मेदवारी दर्ता रु. १००००/– हजार, मतदाता नामावली खरिद रु. ३०००/– मतदाता नामावली प्रिंट रु. ३०००/– प्रचार प्रसारका लागि गाडीमा तेल खर्च रु. ७१५६.८५/– खाना तथा खाजा रु. १६८४०/– जम्मा खर्च रु. ३९९९६.८५/– रहेको छ ।



