• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

सरकारले अभिभारा पूरा गरेको गृहमन्त्री अर्यालको दाबी


  •   शनिबार, फागुन २३, २०८२ मा प्रकाशित
  • सिबी अधिकारी, काठमाडौँ ।

    Advertisement

    गत भदौमा भएको जेनजी आन्दोलनपछि गठन भएको सरकारको एउटा मात्रै जिम्मेवारी थियो, आवधिक निर्वाचन । छोटो समयमा निर्वाचन गर्ने जिम्मेवारीका साथ गठन भएको सरकारमा गृहमन्त्रालयको जिम्मेवारीमा आएका थिए, ओमप्रकाश अर्याल ।

    जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदी भागेका थिए, हातहतियार पनि लुटिएका थिए । राजनीतिक दलप्रति आममानिसमा विश्वास गुमेको अवस्था थियो । सुरक्षा मुख्य चुनौती थियो । आम मानिसमा पनि समयमै निर्वाचन हुन्छ वा हुँदैन भन्ने संशय थियो ।

    अन्तत: समयमै शान्तिपूर्ण रूपमा निर्वाचन भयो । बिहीबार निर्वाचनको जिम्मेवारी पूरा गरेपछि गृहमन्त्री अर्यालले भने– ‘एउटा महत्त्वपूर्ण जिम्मेवारी पूरा भयो, नागरिक सरकारले प्रमुख अभिभारा पूरा गरेको छ ।’

    निर्वाचन सम्पन्न भएपछि शुक्रबार दिनभरजसो मन्त्री अर्यालले धन्यवाद तथा शुभकामनाका कैयौँ फोनकल, सन्देश प्राप्त गरिरहे । मन्त्रालयमै आएर बधाई दिनेको सङ्ख्या पनि बाक्लो थियो ।

    उनले शुभचिन्तकलाई भने– ‘आजबाट जिम्मेवारीको भारी बिसाएर हल्का महसुस भएको छ । मतपरिणामपछि नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेर फर्किन आतुर छौँ ।’

    उनले यसका लागि प्रधानमन्त्री सुशीला कार्कीप्रति विशेष आभार व्यक्त गरे । साथै निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने गृहसचिव, मन्त्रालयका महाशाखा प्रमुखसहित सुरक्षा निकायका उच्च अधिकारीलाई धन्यवाद दिए ।

    ‘निजामति प्रशासनलाई सधैँ दोष दिने गरिएको छ । त्यो मात्रै साँचो होइन, निजामतिको साथमै काम फत्ते भएका छन् खालि नेतृत्व कसले कसरी गरेको छ भन्ने महŒवपूर्ण कुरा हो’ गृहमन्त्री अर्यालले भन्नुभयो ।

    गृहमन्त्री अर्याल छ महिनाभित्र निर्वाचन गरेर मुलुकलाई निकास दिने दायित्वमा कहिल्यै विमुख हुनुभएन । उनले भने– गृहमन्त्रालय पावर एक्सरसाइज गर्ने मन्त्रालय भन्थे । मैले नेतृत्व सम्हाल्दाको अनुभवमा यो त शान्ति मन्त्रालयको भूमिकाजस्तो देखियो । परिस्थितिलाई काबुबाहिर जान नदिन अपनाउनुपर्ने संयमता र मन्त्रालयको मुख्य जिम्मेवारीबाट कहिल्यै बिचलित भइनँ र निरन्तर आफ्नो इमानन्दारिताको अभ्यास गरेँ ।’

    राष्ट्रपतिको निर्देशन र प्रधानमन्त्रीको नेतृत्वमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान कार्य सम्पन्न भएको उनको बुझाइ छ ।

    लोकतान्त्रिक प्रकृयाको महत्त्वपूर्ण अभ्यासको रूपमा रहेको निर्वाचनमार्फत जनादेश लिनु संवैधानिक र कानुनी दृष्टिले सर्वोत्तम पक्ष हो भन्दै उनले यस निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन एवम् नेपाली जनताले प्राप्त गरेको हक अधिकारको संस्थागत गर्नमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गरे ।

    अर्यालले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता अभिव्यक्त भएको उल्लेख गरे ।

    उनले निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिए ।

    गृहमन्त्री अर्यालले सुरक्षा चुनौतीलाई आफूहरूले नजिकबाट नियालेर सोहीअनुसार व्यवस्थापन गरिएको बताए ।

    उनले थपे– ‘यहाँ तपाईंहरूले निर्देशन दिने गृहमन्त्री र निर्देशन पालना गर्ने कर्मचारी एवम् सुरक्षाकर्मी भेट्नुहुन्न । निर्देशनमुखी कार्यशैली फेरेर सामूहिक निर्णय गर्ने अभ्यास कार्यान्वयन भएको छ । आवश्यक कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि सबै बसेर सामूहिक सरसल्लाह गर्छौं र आवश्यक निर्णय लिन्छौँ ।’

    गत पुसमा मधेसमा देखिएका साम्प्रदायिक हिंसाका केही छुटपुट घटना भए । ती समस्याको पनि समयमै समाधान नगरिएको भए निर्वाचनको माहोल बिगार्न सक्थ्यो । (रासस)

    शनिबार, फागुन २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.