काठमाडौं । प्रगतिशील जनाबादी युवा गायक नविन बस्याल र सिता थापाको स्वरमा तीज गीत ‘नारी अधिकार’ सार्वजनिक भएको छ । वैदेशिक रोजगारीका क्रममा ओमानमा पुगी काम सँगै सामाजिक संगठन एकता समाजको साँस्कृतिका मोर्चा रक्तिम साँस्कृतिक विभागमा संगठित टुक बहादुर रामदामले रचना संगीत गर्नुभएको गीतको म्यूजिक एरेन्ज हेमराज आश्रमले गर्नुभएको छ ।
गायक नवीन बस्याल पनि अहिले जापान नेपाली एकता समाज अन्तरगत रक्तिम साँस्कृतिक विभागको केन्द्रीय सदस्यमा रही काम गर्दै आउनु भएको छ ।
काठमाडौं बबरमहलको ‘प्रिज्मा रेकर्डिग स्टुडियो’मा रेकर्ड भएको यो गीतमा रचनाकारले नारीहरुले अझै पनि अधिकार नपाएको विषयको उठानसँगै सीमा अतिक्रमणको विषय पनि उठाइएको छ । त्यस्तै अखण्ड नेपाल राष्ट्रलाई जोगाउन हिमाली, पहाडी, मधेशी सबै मिलेर लाग्नु पर्ने समेत यो गीतको प्रमुख सन्देश रहेको छ ।
रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीतमार्फत समाजमा प्रचलित रुढीवाद र अन्धविश्वास विरुद्ध चेतना जगाउनुका साथै राष्ट्रियता रक्षाका लागि पनि सन्देश दिएका छन् ।

