काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले पृथ्वीराजमार्ग अन्तर्गत धादिङको मौवा खोला पुल भत्काएको छ । चितवन र धादिङको सीमामा रहेको मौवा खोलाको पुल भाँचिएसँगै सवारी आवत जावत ठप्प भएको छ ।
बाढीले धादिङतर्फको पुलको भाग भत्काएको छ । उर्लँदो बाढीले क्षति पुर्याएपछि पुल पूरै भाँच्चिएको छ । यो पुल भत्किएपछि पृथ्वीराजमार्ग हुँदै काठमाडौंसम्म हुने आवातजावत ठप्प भएको छ ।
धादिङमा पृथ्वीराजमार्गका आधा दर्जन भन्दा धेरै ठाउँमा पहिरो खसेर सडक पनि अवरुद्ध भएको छ । उता चितवनमा पनि ठाउँ ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ ।
त्यस्तै चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड पनि बिहानैदेखिको पहिरोले अवरुद्ध बनेको छ । चितवन प्रहरीका अनुसार आज सडक सुचारु हुने सम्भावना छैन ।
अबिरल वर्षा र साना ठुला नदीमा पानीको बहाव बढेपछि नारायणी नदीले किनाराका बस्तीमा ठुलो क्षति पुर्याएको छ ।