काठमाडौं । दार्चुलामा गएराति पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ ।
Advertisement
नौगाड गाउँपालिका ६ की ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकै ६ वर्षीया छोरी आरती ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले घर बगाउँदा बेपत्ता भएका आमाछोरी मृत अवस्थामा फेला परेका हुन् ।