दीप गोले तामाङ
Advertisement
जाग्दैछ जाग्दैछ जनता अब जाग्दैछ
यो देश छोडि दलालहरू अब भाग्दैछ
सुन्दर नेपाल बनाउने हाम्रो हातमा छ
देश बचाउने जिम्मेवारी हाम्रो काँधमा छ ।
सबैजना ढाँटदैछ फेरि देश बनाउँछु भनी
जितेपछि सधैं बस्छ खुट्टा तानीतानी
चुनाव आयो मासुभात पैसाको खोला
यस्तै गरि कुन देश कहाँ बनेको होला ।
जनताहरू जाग्नुपर्छ अब कुरा बुझी
लाग्नुपर्छ जनता अब सही पार्टी रोजी
विचार ठूलो नीति ठूलो देशको विकासमा
एकता नै शक्ति हो कुरा बुझौं खासमा ।
संघीयता देश जल्यो आर्थिक मन्दीले
देश संकटमा छ विदेशीको घेराबन्दीले
शिक्षा स्वास्थ्य निशूल्क गरौं अब मिलेर
न्याय समानता लागि अघि सरौं सबै मिलेर ।
देश जलाउनेहरूको ठूलो भीड छ यहाँ
सामाजिक सञ्जालमा चर्चा बनेर जितेको छ कहाँ
चिन्नुपर्छ एकएक गरि देश लुट्ने दुष्टलाई
फाल्नुपर्छ एकएक गरि ढाँट्ने दुष्टलाई ।

